Best Online News From Nepal

नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा लोकतान्त्रिक समुहबाट प्यानल सहित अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित

समाज(सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन्।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन्।

यहाँ आज सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत पाए।

महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे । सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गरे । कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गरे।

त्यसैगरी सदस्यमा एलिजा उप्रेती (१५७), हिमाल पौडेल (१४५), सागर घिमिरे(१२८), कृष्ण रिजाल (१०९) र शिव बोहोरा (९९) मतका साथ विजयी भएका निर्वाचन समितिका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।

अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’मा कार्यरत आचार्य ११ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशील छन्। अंग्रेजीमा स्नातक आचार्य सेजनका सदस्य, महासचिव, उापध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *