Best Online News From Nepal

नेपाल आइडलको नाममा यसरी जुवा खेल्न पाइन्छ ? गृहमन्त्रालय के हेरीरहेको छ ?

Bhuwan Khatiwada फेसबुकमा लेख्छन-

नेपाल आइडलको भोटीङ बहिष्कार गरौं
टप थ्रिका लागि भएको भोटीङमा ३७ लाख भोट खसेछ । एमएमएसकै कुरा गर्ने हो भने पनि प्रति एमएमएस पाँच रुपैयाँका दरले १ करोड ८५ लाख रुपैयाँ दर्शकले आइडलका नाममा समर्पित गरेछन् ।
लोभ कस्तो भने, आज कसैलाई पनि एलीमनेट गरिएन । भन्नाले अर्को पटक पनि दर्शकले टप थ्रिका लागि भोट गर्नुपर्ने भो । भन्नाले फेरी अर्को ३७ लाख भन्दा बढी भोट । उत्तिकै पैसा पोल्टामा । यो पैसा कहाँ जान्छ ? के यसरी व्यापार गर्न पाइन्छ ? यसरी जुवा खेल्न पाइन्छ ? गृहमन्त्रालय के हेरीरहेको छ ? अख्तीयार के हेरीरहेको छ ?
दर्शक हो, अब बुझीयो नै हैन, जादु देखाएर सिलाजीत बेच्ने चटकेहरुको दाउ ?
यो उपभोक्ताबादी समाजमा छट्टुहरुले यसैगरी भिडलाई वेवकुफ बनाइरहेका छन् । कहिले नेताले जनतालाई भेडा बनाएका छन्, कहिले टिभीवालाहरुले ।
म चाँही अबको आइडलको भोटीङ बहिस्कार गर्नेछु ।
किनकी, यो सरासर धाँधली हो, कसले कति भोट पायो भन्ने लिक भइसकेको छ र अब कम भोट आउनेले बढी भोटका लागि झन धेरै पैसाको चलखेल गर्नसक्छ र कमसल प्रतिभालाई जिताउने खेल हुनसक्छ ।
सरकारले तत्काल यो एसएमएस भोटीङ सिस्टममाथि रोक लगाओस् । र अपारदर्शी आइडलमाथि छानविन गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *