Best Online News From Nepal

नेपालीको शीर ठाडो पार्न नेपाललाई हिंदू अधिराज्य कायम गर |नेपाल जननिं वन्दे ; हिन्दू अधिराज्य विभूषितम्

प्रवीण अधिकारी –

123images
नेपाल ऐतिहासिक, सांस्कृतिक र सामाजिक दृष्टिले हिन्दू अधिराज्य हो। हाम्रा बाजे ,जिजु बाजे ,कुप्रा बाजेहरुले मानिआएको सनातन हिन्दू धर्मको छहारीमा वोन,बौद्ध ,वर्हथमान ,किरांत धर्म संरक्षित भएको थियो | नोट खाएर ,स्वार्थ लिप्त भएर धर्मनिरपेक्षता आयातगरि क्रिष्टियानिटि भित्र्याएर कोही कसैले यहाँको रैथाने धर्मको परिवर्तन गर्न , गराउन पाउनु हुँदैन | क्रिश्चियानिटीको आडमा अरु धर्मको उच्छित्तो काढन पाउनु हुँदैन |

ॐ मेरो ब्रह्म हो | म हिन्दू हुँ | मेरो रगत ऋषिमुनिको हो | मेरो इतिहास हिन्दू हो | मेरो संस्कृति हिन्दू हो | मेरो सामाजिकता हिन्दू हो | मेरा पितापुर्खा सनातनी हिन्दू थिए | मेरो यस ब्रह्माण्डिय परिचय सनातनी हिन्दूको रुपमा स्थापित थियो | जसरी मेरो जाति नेपाली हो, मेरो भाषा नेपाली हो, त्यसैगरी मेरो धर्म हिन्दू हो | हिन्दू नेपाली भन्नुमा म गर्व गर्छु | म नेपाली भएकोले मैले जोगाएको परम्परा सनातनी हिन्दू परम्परा हो | मेरो सनातनी श्रोत वेद , उपनिषद ,रामायण ,गीता नै हो। हिन्दू कूलमा जन्मिएर सनातनी हिन्दू हुँ भन्न नसक्ने महापातकि हुन | आफू र आफ्नो धर्म ,संस्कार र संस्कृतिको अपमान गर्नेहरु घृणाका पात्र हुन | वहुसंख्यक नेपालीको अपनत्व कायम गर्न , नेपालीको शीर ठाडो पार्न नेपाललाई हिंदू अधिराज्य कायम गर |

Leave a Reply

Your email address will not be published. Required fields are marked *