Best Online News From Nepal

नेपालीको बार्षिक आय बढ्यो

नेपालीहरुको वार्षिक आम्दानी औसतमा ३ हजार ८ सय रुपैयाँले बढेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार ९  सय २१ रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो आम्दानी ७७ हजार ७९ रुपैयाँ थियो ।

विभागका अनुसार यस वर्ष जम्मा ३ हजार ८ सय अर्थात अघिल्लो वर्षको तुलनामा ४.९८ प्रतिशत मात्रै प्रतिव्यक्ति आय बढेको हो । यो आर्थिक वर्ष २०५८/०५९ पछि कै सबैभन्दा कम हो । अमेरिकी डलरमा प्रतिव्यक्ति आय ७ सय ६६ मा झरेको छ । गत वर्ष यस्तो आम्दानी सात यस ७५ डलर थियो । डलरको भाउ बढेको कारण नेपाली मुद्रा सस्तो हुँदा आम्दानी बढेको देखिएको हो ।

प्रतिव्यक्ति आम्दानीको बृद्धिदर भन्दा मूल्य करिब दुई गुणाले बढेको छ । गत फागुन मसान्तसम्मको मूल्य बृद्धिदर दोहोरो अंक अर्थात १० प्रतिशत भन्दा बढी छ । आर्थिक वर्ष २०७१/७२ मा ६.४४ प्रतिशतले, आर्थिक वर्ष २०७०/७१मा प्रतिव्यक्ति आय १५.३७ प्रतिशतले बढेको थियो ।

मुलुकको आर्थिक बृद्धिदर ०.७७ प्रतिशतले बढ्ने अनुमान तथ्यांक विभागले गरेको छ । यो आर्थिक वृद्धिदर १३ वर्षपछिको सबैभन्दा कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *