सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको पाचौं खेलमा नेपालले चीनमाथि १० विकेटको जित निकालेको छ । चीनले दिएको २७ रनको लक्ष्य नेपालले १.५ आभेरमा बिना विकेटको क्षति पूरा गर्यो ।
नेपालको जितका लागि विनोद भण्डारीले २४ रन बनाए भने । प्रदीप ऐरीले ४ बनाए । नेपाललाई दोस्रो ओभरमै जित दिलाउने क्रममा विनोद भण्डारीले २४ रन बनाउन ८ बल खेले । उनले ३ चौका र १ छक्का प्रहार गरे भने ४ रनका लागि प्रदीपले ३ बलको सामना गरे ।
मलेसिया क्वालालम्पुरको बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि चीनले पहिला ब्याटिङ गर्यो। चीनले नेपालविरुद्ध १३ ओभरमा अल आउट हुँदै २६ रन बनायो। नेपालले जितका लागि २७ रनको लक्ष्य पाएको छ। चीनविरुद्धको खेलमा पनि नेपालका स्पीनरहरु नै हाबी भए। सन्दीप लामिछाने, वसन्त रेग्मीले र ललितनारायण राजवंशीले ३-३ विकेट लिए।