Best Online News From Nepal

नेपालमा शेयर बजार- सागर नाथ तिवारी

 

सागर नाथ तिवारी

नेपालमा धितोपत्र (शेयर) बजारको इतिहासमा झन्डै चार दशक लामो छ । देशको पुँजीलाई प्रयोग गर्न र त्यसको सदुपयोग गर्ने हेतुले वि.स. २०३३ साल आषाढ १२ गते सेक्युरिटि खरिद बिक्रि केन्द्रको स्थापना भयो । यो केन्द्र वि.स. २०५० जेष्ठ १३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रुपमा परिणत भया े। यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले धितोपत्रको औपचारिक खरिदविक्रि भने वि.स. २०५० माघ ३० गतेबाट भयो । यसका साथै नेप्से परिसुचकको समेत गणना सुरुभयो । स्थापना कालमा २५ जना दलाल र ५ वटा बजार प्रबन्धक बाट काम सुरु गरेको थियो । उपत्यका बाहिर पोखरा, नारायणगढ, बुटवल र धनगढी, बिरगंज, धरान र बिराटनगरबाट पनी शेयर किनबेचको प्रबन्ध मिलाएको छ । नेपालगंजबाट पनि यसको सेवा छिटै सुरु हुदै छ ।

स्टक एक्सचेन्जमा कारोबारका लागि २३० भन्दा बढि कम्पनीहरु सुचिकरण भएका छन् । हरेक वर्ष सुचिकरण भएका कम्पनीहरुको नविकरण र वर्गिकरण नेपाल स्टक एक्सचेन्जले गर्दछ । २०६३ असोज १० गतेबाट बजारमा हुने अस्वभाविक उतार–चढावदाई सन्तुलनमा राख्न सर्किट ब्रेकर लगाउन थालियो । त्यसै वर्ष २०६३ मङ्सिर महिना देखि स्टक एक्सचेन्जमा सरकारी ऋण पत्रको समेत कारोबार सुरुभयो । स्थापनादेखि नै बोल कबोल बाट मुल्य लगाउने परिपाटि भएको नेप्सेमा २०६४ भदौ ७ गतेबाट कम्प्युटर प्रिन्ट कारोबार सुरु भयो । त्यसको एक महिनामै २०६४ असोज महिनाबाट धष्मभ बचभब लभतधयचप मार्पmत काम सुरुभयो । यसबाट बजार थप लगानीकर्ता मैत्री र आर्थिक पूर्वाधारसंग जोडिन पुग्यो । त्यसको केहि महिना पछि वि.स. २०६४ मङ्सिर १२ गतेबाट शेयर कारोबार विवरण इन्टरनेटबाट समेत प्रत्यक्ष हेर्न सकिने व्यवस्था भयो । यसले लगानीकर्तालाई आ–आफ्नो घर तथा ब्रोकर कार्यलयमै बसेर कारोबार हेरी तत्काल निर्णय लिन सजिलो भयो ।
वि.स. २०६५ जेष्ठ १३ गतेबाट नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुन बसकेका र सुचिकरणबाट हटाईएका कम्पनीहरुको शेयर कारोबारका लागि अलग्गै बजार “ओभर द काउन्टर” का पनी सुरुवात भयो । संगसंगै २०६५ भदौ ८ गते बाट नेप्से फ्लोट सुचकको समेत गणना सुरु भयो । २०६६ सालबाट शेयरको कारोबार खरिद बिक्रिलाई उपत्यका बाहिरबात समेत गर्न सकिने भयो ।
धितोपत्र कारोबारमा राफसाफ तथा नामसारी लगाएतका कामलाई पारदर्शिता र विश्वसतियता तथा अत्याधुनिक प्रविधिमा लैजान नेपाल स्टक एक्सचेन्ज अन्तर्गत छुट्टै कम्पनी केन्द्रिय नेप्से तथा क्लियरिङ कम्पनी स्थापना भई सञ्चालन छ ।

प्राथमिक बजारबाट खरिद गरिएका शेयरको कारोबारका लागि दोस्रो बजार पुग्नै पर्छ । जहाँ त्यस्तो धितोपत्र किनबेचका लागि लगानीकर्ताहरु तम्तयार हुन्छन् । दोस्रो बजारको रुपमा एकमात्र कम्पनी नेपाल स्टक एक्सचेन्ज रहेको छ । अनुमती प्राप्त शेयर ब्रोकर मार्पmत धितोपत्रको खरिद बिक्रिका लागि व्यवस्था मिलाएको छ । कुनै पनि धितोपत्रको खरिद बिक्रि गर्नुपरेमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त ब्रोकर कम्पनीमा गएर खरिद बिक्रि सम्बन्धी आदेश दिनुपर्छ । खरिद बिक्रि आदेश प्रक्रिया अनुसार ब्रोकरहरुले आदेश दिदा रु १० अंकित शेयरको हकमा कम्तीमा १०० कित्ता र रु १०० अंकित शेयरको हकमा १० कित्ता शेयरको आदेश दिनुपर्छ । लगानीकर्ताले बिक्रि फारममा आवश्यक कम्पनीको नाम, संस्था र मुल्य उल्लेख गर्नुपर्दछ । दोस्रो बजारमा भएका कारोबारको सुचना लगानीकर्ताले नियमित रुपमा लिनुपर्दछ । बजारमा पर्याप्त सुचना होस र लगानीकर्ताले समयमै सहि सुचना लिन सकुन भन्ने उद्देश्यले नेपाल स्टक एक्सचेन्जको वेबसाइट धधध।लभउबकितयअप।अयm।लउ मा कारोबारको प्रत्यक्ष विवरण हेर्न सकिन्छ ।

यसमा कारोबार हुँदाका मुल्यहरु सहित बजारका अधिकतम जानकारीहरु राखिएको हुन्छ । स्टक एक्सचेन्जले सुचिकृत कम्पनीका आवश्यक विवरण देखि स्टक एक्सचेन्जका आधिकारिक निर्देशन तथा निर्णयहरु पनि यो वेबसाइटमा राखिएको छ । सुचना प्रविधिको अधिकतम प्रयोग गर्न भरखरै नेप्सेले मोबाइल एप्लीकेशन पनि ल्याएको छ । गुगल प्लेस्टोरमा गएर नेप्से मोबाइल एप्लीकेशन डाउनलोड गर्न सकिन्छ । नेप्से एपमा बजारमा भएका ताजा विवरणहरु प्रत्यक्ष हेर्न सकिन्छ ।

शेयरमा लगानी गर्न केहि जान्नै पने कुराहरुमा नेप्सेको वेबसाइट, बुकलेट, कम्पनीको विवरण पत्र हेरेर जानकारी प्राप्त गर्न सकिन्छ । शेयर खरिद गर्दा नै लगानीकर्ता कम्पनीको अंशियार हुन्छ । शेयरले कम्पनीको नाफा नोक्सानमा सहभागी हुने अवसर दिलाउछ । शेयर, कम्पनीको पनि पुँजीको हिस्सा भएकोले यसमा भएको लगानीले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्छ । शेयरमा गरेको लगानीले पुँजीगत लाभ, नाफाबाट प्राप्त हुने लाभांस, बोनस शेयर, हकप्रद शेयर, धितो राजि कर्जा लिन सकिने लगाएत अन्य फाइदा हुन्छ ।
शेयरमा लगानी गर्दा त्यत्तिकै जोखिम पनि हुन्छ । लगानीकर्ताले खरिद गरेको शेयरको मुल्य सधै बढ्छ वा सधै कम्पनीले लाभांश दिन्छ्न भन्ने सुनिश्चित हुदैन । तर पनि जोखिम व्यवस्थापन गर्ने उपायहरु पनि छन् । लगानीलाई अन्य धितोपत्रमा विविधिकरण गर्न सकिन्छ । लगानी गर्दा विभिन्न क्षेत्र र कम्पनीहरु रोजेर लगानी व्यवस्थापनका उपायहरु अपनाउनु पर्छ । यस बाहेक लगानी गर्दा कारोबार जोखिममा पनि ध्यान दिनुपर्छ । धितोपत्र खरिद वा विक्रि गर्दा धितोपत्रको प्रमाणपत्र र कागजात प्राप्त हुन सकेन वा कागजात रहित “डिम्याट” प्रणालीबाट भएको कारोबारमा खातामा रकम जम्मा नहुने समस्या देखिएमा यसलाई कारोबार जोखिम भनिन्छ ।

यो अवस्था सिर्जना भए लगानीकर्ताले स्टक एक्सचेन्जमा सम्र्पक राख्नुपर्दछ । यस्तो जोखिमबाट बच्न धितोपत्र खरिद वा बिक्रि गर्न आदेश दिनु अघि ब्रोकर कम्पनीको वित्तिय स्थिति लगायत विश्वसनियता हेर्नुपर्छ । लगानीकर्ताले धितोपत्र खरिद वा विक्रि गर्न आदेश दिए अनुसार ब्रोकर कम्पनीले धितोपत्र खरिद वा बिक्रि भए नभएको जानकरी दिए पछि त्यसको राफसाफ प्रक्रियामा जानुपर्छ । तर समयमै खरिद मुल्य वा धितोपत्रको कागजात नदिने त्यसबाट कारोबार जोखिम सिर्जना भई कसैलाई नोक्सानी भएमा त्यसको जिम्मेवारी वा दायित्व स्वयम लगानी कर्ताले व्यहोर्नु पर्दछ ।
धितोपत्र खरिद वा बिक्रि गर्न ब्रोकर कम्पनीलाई आदेश बुझाएपछि सो बमोजिम ब्रोकर कम्पनीले काम गरे नगरेको बारे सो आदेश पत्रमा रहेको म्याद भित्र वा म्याद सकिए लगत्तै ब्रोकर कम्पनी र स्टक एक्सचेन्जमा सम्र्पक राखि यर्थात जानकारी लिनुपर्छ ।
यसरी कुनै पनि धितोपत्र खरिद वा बिक्रि गर्न दिएको आदेश लिएको ब्रोकर कम्पनी र लगानी कर्ता बिच कुनै समस्या भए स्टक एक्सचेन्जको सुपरिवेक्षण शाखामा निवेदन दिनुपर्छ । यस्तो निवेदन परेपछि स्टक एक्सचेन्जले समस्या समाधान गर्न आफै र सरोकारवालाहरुको सहयोग लिई अधिकतम प्रयास गर्दछ ।

लेखक वित्तशास्त्रका विद्यार्थी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *