Best Online News From Nepal

नेपालमा लगानी गर्ने अनुमतीको पर्खाईमा ठूला विदेशी कम्पनि

तीन ठूला विदेशी कम्पनिहरुको नेपालमा लगानी गर्ने अनुमतीको पर्खाईमा छन् । बीमा समितीले पहल गरेमा ती कम्पनिले नेपालमा लगानी गर्ने भएका हुन् । भारतमा यसै वर्ष १२ खर्ब भारु लगानी गरेका ती कम्पनिहरुले नेपालमा समेत लगानी गर्न चासो देखाएको बताइएको छ । नेपालमा बीमा समितीले नयाँ बीमा कम्पनि भित्रिने बाटो छेकिदिएकाले समितीको पहलको पर्खाई कम्पनिहरु रहेका छन् । भारतीय सञ्चार माध्यम बिजिनेस स्ट्यान्डर्डले सन् २०१६ मा एक दर्जन बिमा कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी ल्याउने समाचार सार्वजनिक गर्दै ती कम्पनीले अवसर पाए नेपालमा पनि लगानी गर्ने जनाएको उल्लेख गरेका छन् ।

दर्जनौँ बढी आवेदन पेन्डीङमा
बर्षौँदेखि नेपालमा लगानी विस्तार गर्ने इच्छास्वरुप सञ्चालन स्विकृतिका लागि आवेदन दिएका कम्पनिहरुले समेत अहिलेसम्म अनुमति नपाउँदा विदेशी लगानी भित्रिने बाटो बन्द भएको छ । नेपालमा भने नयाँ बिमा ऐनको मस्यौदा मन्त्रालयमा नै थन्किएर बसेको छ । विद्यमान ऐनले नयाँ बिमा कम्पनीलाई आउन नछेके पनि बिमा समितिले नियमन गर्न नसक्ने भन्दै नयाँ आउनेलाई लाइसेन्स नदिने नीति लिएको छ । बिमा समितिमा एक दर्जनभन्दा वढी कम्पनीले सञ्चालन अनुमति माग गरेर आवेदन दिएको आठ बर्ष भइसकेको छ ।

नेपालमा लगानीको आकर्षण
भारतले बिमा क्षेत्रमा एफडिआइ २६ प्रतिशतबाट बढाएर ४९ प्रतिशत गरिदिएपछि विदेशी कम्पनीहरु आकर्षित भएका हुन् । भारतमै काम गरिरहेका कतिपय कम्पनीहरुले लगानी थप्न चाहेको तथा केही नयाँ कम्पनीहरुले एफडिआइ ल्याउन चाहेका छन् । तीनै कम्पनीहरुले दक्षिण एसियाको बजार विस्तार गर्ने क्रममा नेपालमा पनि लगानी गर्न चाहेका हुन् । नेपालमा फ्रान्सको एएक्सए, वेलायतको बुपा, जापानको निप्पोन लाइफ इन्स्योरेन्समेत करिव आधा दर्जन कम्पनीले अवशर मिलेमा लगानी गर्न इच्छुक भएको समाचार विजिनेस स्ट्यान्डर्डले छापेको छ । दक्षिण एसियालाई लक्षित गरेर पुनर्बिमा कम्पनीमा पनि जान सकिने ती कम्पनीहरुले जनाएका छन् ।

अहिले नेपालमा जीवन र निर्जीवन गरेर २५ वटा बिमा कम्पनीहरु सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *