Best Online News From Nepal

नेपालमा यसरी सुरु भयो कागजी नोटको प्रचलन

नेपालमा राजा त्रिभुवनको पालामा वि.सं २००२ सालदेखि कागजको नोट छाप्न सुरु गरिएको हो । नेपालले नोटको चलन चल्ती सुरु गरताकाका केहि वर्ष बेलायत, होल्याण्ड अष्ट्रेलिया लगायतका देशमा नोट छाप्दै आएको थियो । विशेषतः बेलायतको डिलारु करेन्सीमा नेपालले धेरैवर्ष सम्म नोट छापेको थियो । छिमेकी मुलुक भारत र चिनमा पनि नोट छाप्ने कम्पनी छ । पूर्व गभर्नर युवराज खतिवडाको पालामा भारतबाट नेपाली नोट छापिएको थियो । यद्यपी भारतमा छापिएको कागज गुणस्तरीय नभएका कारण पछिल्लो समय भारतमा नोट छाप्न छोडेको बताईन्छ । त्यस्तै नेपालले चिनमा सिक्का छाप्दै आएको छ । चिनबाहेक दक्षिण कोरियाका कम्पनीमा पनि नेपालले सिक्का छाप्दै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कतिपय नोट विशेष अवसर पारेर स्मारिकाको लागि पनि छापिन्छ । एकताका स्मारीकाको लागि २ सय ५० दरको नोट छापिएको थियो । यद्यपी २ सय ५० को नोट चलन चल्तिमा छैन ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *