Best Online News From Nepal

नेपालमा पहिलो विश्व संस्कृत दिवस सम्पन्न

जनै पुर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनको अवसर पारेर आज (आइतबार) विश्व संकृत दिवस सम्पन्न गरिएको छ । जरो किलो प्रतिष्ठान नेपाल, त्रि.वि.संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभाग र सहृदयता समाज नेपाल (सह–आयोजक)को संयुक्त आयोजनामा विश्वभाषा क्याम्पसमा आयोजित समारोहको अध्यक्षता अध्यक्षता जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष डा. निर्मलमणि अधिकारीले गर्नुभएको थियो ।

त्रिचन्द्र क्याम्पस दर्शन विभागका प्राध्यापक डा. गोविन्दशरण उपाध्यायले सञ्चालन गर्नुभएको थियो कार्यक्रममा उपस्थित विद्वत्जन तथा समस्त आमन्त्रितजनको स्वागत विश्वभाषा क्याम्पस संस्कृत विभागका प्राध्यापक डा. सुबोध शुक्लले गर्नुभएको थियो ।

कार्यक्रममा स्वस्तीवाचनपश्चात नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालद्वारा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो । तत्पश्चात् राष्ट्रिय गान गरी कार्यक्रमलाई अगाडि बढाइयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. काशिनाथ न्यौपाने, जम्मु विश्वविद्यालयका प्राध्यापक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला लगायतले आ–आफ्ना सारगर्भित मन्तव्य दिनुभएको थियो ।

प्राचीन संस्कृत भाषाको विश्वमै उपयोगिता र महत्त्व बढ्दै गएको भए पनि उद्गम स्थल नेपालमा बेवास्ता गरिएकोमा चिन्ता व्यक्त गर्दै डा. अधिकारीले संरक्षण कसले गर्ने भनेर मुखामुख गर्नुभन्दा स्वक्रियात्मकताका साथ पुनरुत्थानका लागि अघि बढ्नुपर्ने बताए ।

जरो किलो प्रतिष्ठान नेपाल, त्रि.वि.संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागको आयोजना तथा सहृदयता समाज नेपालको सहआयोजनामा विश्व भाषा क्याम्पसमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. काशीनाथ न्यौपाने, जम्मु विश्वविद्यालयका प्राध्यापक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा.नारायण प्रसाद गौतम तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला लगायतले प्राचीन भाषा संस्कृतको महत्त्वबारे प्रकाश पारेका थिए ।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका सभाध्यक्ष डा. निर्मलमणिले प्राचिनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गएको भएता पनि यसको उद्गम स्थल नेपालमा भने यसको त्यति धेरै विकास गर्न नसकिएको वर्तमान परिवेशलाई सम्पुर्ण संंस्कृतप्रेमीहरूले नै यसको संरक्षण सम्बर्धन विकास गर्नुपरेको धारणा प्रस्तुत गर्नुभयो । यस बखत यो कसले गर्ला भनेर मुखामुख गर्नु भन्दा पनि स्वक्रियात्मकताका साथ यसको पुनरुत्थानका लागि अघिबढ्नु पर्ने उहाँको जिकीर थियो ।