Best Online News From Nepal

नेपालको मुटु बानेश्वरमा दिउसै गोलि हानि हत्यापछि गृहमन्त्री विरुद्ध नाराबाजी र राजिनामा माग

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या पछि निर्माण व्यवसायी र आफन्तले गृहमन्त्रीको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका छन् ।

तस्विर-

Badri Raj Timalsina

 

सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएकाहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, हत्यारालाई पक्राउ गर्नुपर्ने लगायतका माग गरेका हुन् ।

विरोध प्रदर्शनका कारण बानेश्वर-तीनकुने सडकखण्ड अवरुद्ध भएको थियो ।

सोमबार दिउँसो बानेश्वरको खरिबोटमा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरद गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *