Best Online News From Nepal

नेपालको महत्व उजिल्याउने चिनियाँ यात्रीहरु

प्रवीण अधिकारी___

18738457_642377832635389_3839028912741097918_o

=============================
ईशा पूर्व ५६३को जन्म र निर्वाण ४८३ ईसा पूर्व भएका विश्व महान दार्शनिक, वैज्ञानिक, धर्मगुरू अनि उच्च कोटीको समाज सुधारकका रुपमा चिह्निएका बुद्ध बौद्ध धर्मको संस्थापकको रुपमा नेपालमा जन्मिएपछि उनले चलाएको धर्म, कला, नीति, सभ्यता र संस्कृति विदेशमा प्रचूर मात्रामा फैलिन पुग्दा तत्कालिन विश्वमा नेपाल आकर्षणको प्रमुख केन्द्रको रुपमा रहेको थियो | त्यतिखेर बुद्ध धर्म नेपालबाटै चीन तिर फैलिएका कारण चीनका फाह्याँन ,व्हेंसांग ,इत्सिंग जस्ता बौद्ध भिक्षुहरु आफ्ना अन्य भिक्षु साथीहरु ‘हुई-चिंग’, ‘ताओंचेंग’, ‘हुई-मिंग’, ‘हुईवेई’ जस्ता साथीहरुका साथ् ३९९ ई.मा नेपाल घुम्न आएका थिए |

फ्याहान
======
तत्कालिन चीनको ‘वु-वंग’ भन्ने ठाउँमा जन्मिएका फाह्यान बौद्ध धर्मका अनुयायी थिए | उनीहरुको नेपाल यात्राको मूख्य उद्द्येश्य नेपालमा रहेको बौद्ध हस्तलिपि तथा स्मृति ग्रन्थहरुको खोजी गरी प्रकाशित र प्रसारितगर्नु रहेको थियो | उनी त्यो उद्द्येश्यमा सफल रहेकाकारण उनको स्थान प्रसिद्ध अनुवादक , चिनीयाँ बौद्ध भिक्षु, यात्री, लेखकको रुपमा स्थापित हुन पुगेको थियो | उनले नेपाल र भारत भ्रमण गरेको अवधि ३९९ ईश्वीदेखि ४१२ ईश्वी विच मानिन्छ | त्यतिबेला फ्याहनाले नेपालको कपिलवस्तु सहित भारत, श्रीलंकाको भ्रमण गर्दा त्यही ठाउँलाईमात्र प्राथमिकता दिए जुन ठाउँ बुद्ध संग सम्बन्धित रहेको थियो | उनले काठमान्डू , कपिलवस्तु , उद्दियान, गांधार, तक्षशिला, उच्छ, मथुरा, काशी (सारनाथ ) , गयाको यात्रा गर्दा तक्षशीला विश्वविद्दालायामा अध्ययन गर्न पाएका र श्रीलंकाको सिंहल पुगि २ बर्ष बसेको वर्णन भेटिन्छ | त्यसपछि उनी यवद्वीप (जावा) हुँदै ईश्वी संवत ४१२ मा शांतुंग प्रायद्वीपको चिंगचाऊ पुगि आफुले संकलन गरेका बौद्ध धर्म ग्रन्थहरुको अनुवाद गरेका थिए | नेपाल आउने पहिलो पुस्ता मानिने उनी त्यस्ता चिनीयाँ यात्री हुन जसले आफ्नो यात्रा वृतान्तलाई सर्व प्रथम लिपि बद्धपनि गरेका थिए | उनले संकलन गरेका बुद्धको परिनिर्वाणसूत्र र महासंगिका विनय पिटक ज्यादै महत्वपूर्ण मानिन्छ | उनलाई नेपाल र भारततिर फाह्याँन , फ़ाहियान या फ़ाशियान (चिनीयाँ भाषामा 法顯 या 法显, अंग्रेज़ी: Faxian या Fa Hien; जन्म: ३३७ ई; मृत्यु: ४२२ ई अनुमानित) भनेर चिन्ने गरिएको छ | बौद्ध ग्रन्थहरु एकत्रित गरी चीन पुर्याउनु फाह्यानको एक मात्र ध्येय थियो |
ह्वेनसांग
=====
बुद्धदर्शन/बौद्धवाङ्मय अध्ययन तथा ग्रन्थ संग्रह गर्ने उत्कट चाहनाले उत्साहसाथ भारत भ्रमण गर्ने चिनियाँ यात्रीमा मुख्य इचिङ्ग फाह्यान र युवेनच्वाङ्ग (ह्वेनसाङ्ग) हुन । यिनमा नेपाललाई चीनसँग परिचित गराउने चाहीं ह्वेनसांग ( युवेनच्वाङ्ग ) नै मुख्य हुन | युवेनच्वाङ्ग (ह्वेनसाङ्ग) चीनको पुरानो राजधानीबाट ताङ्गवंशी शासकको अनुमतिले पश्चिम खोतन मरुभूमि पार गर्दै कश्मीर निस्किएर यता आएका थिए | इनी यता आउँदा कन्नौजमा राजा हर्षवर्धन (६०६ -४७ ई.) को शासन भएको र नेपालमा लिच्छविकाल रहेको थियो | उनी क़रीब १० वर्ष सम्म यता बसेका थिए | उनले यताको बसाइमा ६ वर्ष सम्म नालन्दा विश्वविद्यालयमा अध्ययन गरे | उनको यात्रा वृतान्त ‘सी-यू-की’ नाउले चिह्निन्छ , जसमा उनले यात्रा गरेको लगभग १३८ देशको यात्रा विवरण रहेको छ | ‘हूली’, ह्वेनसांगका मित्र थिए , जसले ह्वेनसांगको जीवनी लेखेका थिए | नेपाल भ्रमण गर्ने चिनियाँ यात्रिहरुमा ह्वेनसांगको महत्व निकै रहेको मानिन्छ | उनलाई ‘प्रिंस अफ़ पिलग्रिम्स’ अर्थात् ‘तीर्थ यात्री मध्येका राजकुमार’ भनिन्छ |

इत्सिंग
=====

इत्सिंग चिनियाँ यात्री र बौद्ध भिक्षु थिए , जो ६७५ ई. को आसपासमा सुमात्रा हुँदै समुद्र मार्ग बाट यता आएका थिए | इनले ‘नालन्दा’ एवं ‘विक्रमशिला विश्वविद्यालय’ विषयमा धेरै कुरा लेखेको पाइन्छ | इत्सिंग १० वर्षसम्म ‘नालन्दा विश्वविद्यालय’ सम्म रहेका थिए | उनले त्यहाँ संस्कृत तथा बौद्ध धर्मको ग्रन्थ पढेका थिए | ६९१ ई. मा इत्सिंगले बौद्ध धर्मको विवरण’ लेखेका थिए |यो ग्रन्थ बौद्ध धर्म र ‘संस्कृत साहित्य’ को इतिहासको अमूल्य स्रोत मानिएको छ | इनको समयमा चीनमा बुद्ध धर्म आफ्नो उत्सर्गमा पुगेको मानिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *