Best Online News From Nepal

नेपालको पुनर्जागरणको अर्थ र आधार पुस्तक लोकार्पण


नेपालको इतिहासमा नेपाललाई विश्व सामु चिनाउनु पुनर्जागरण शुरु भएको छ् । महागुरु डा.निर्मलमणि अधिकारीको ४३ औं पुस्तक “ नेपालको पुनर्जागरणको अर्थ र आधार” पुस्तक सार्वजनिक गरिएको छ । जरो किलो प्रतिष्ठान नेपाल र सहृदयता समाज नेपालको आयोजना बुद्ध जयन्तीको अवसरमा काठमाडौंको नेपाल ल क्याम्पसमा सोमबार आयोजित पुस्तक पाचँ बटा पञ्च कन्याहरुले लोकार्पण गरेका हुन ।
यस पुस्तकमा अथातो पुनर्जागरण, पुनर्जागरण र आधुनिकता, पुनर्जागरणको नेपाली पथ, नेपालीपन, राष्ट्रराज्य र राज्यराष्ट्र, पुनर्जागरण सचेतानासँग असड्ड्गत राजनिति, आर्दश र लक्षः वैज्ञानिक सत्ययुग, र सुनिश्चित आधार विषय बस्तु समावेश गरिएका छन् ।

लोकार्पण पछि बोल्दै जरो किलो महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले यो पुस्तक फेरी नेपाली राजनितिमा र नेपालमा पुनर्जागरण तरड्ड पैदा हुने भन्नु भयो । विभिन्न प्राध्यापक, विद्याथीर्, नागरिकहरुले बोल्दै यो पुस्तक नेपालको वर्तमान व्यवस्थाको सम्पुर्ण आयामहरुलाई धक्का दिने विश्वास लिएका छन् ।

कार्यक्रममा जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका उपाध्यक्ष प्रा.डा.दामोदर ज्ञवाली, महासचिव डा. लक्ष्मीप्रसाद खतिवडा, अन्तराष्ट्रिय महासचिव अर्जुन शर्मा, विभिन्न क्याम्पसका प्राध्यापकहरु, बकिल, नागरिक, युवा विद्यार्थीहरुको सहभागिता भएको थियो ।

डा.निर्मलमणि अधिकारीको अनुसन्धान,लेखन, प्रशिक्षण, संगठन संस्थानीकरण, मार्गनिर्देशन कार्यहरुमार्फत नेपाल– केन्द्रित प्रतिमानलाई मुलप्रवाहमा ल्याउन अग्रणी भुमिका रहेको छ् । डा. अधिकारीको संकल्प एवं आह्वानमा जरो किलो महाअभियानको स्थापना भई नेपालको पुनर्जागरण युगलाई सार्थक, सफल, युगप्रवर्तनकारी निष्कर्षमा पु¥याउन महाअभियान सक्रिय रहेको छ ।

कार्यक्रमको सभापति जरो किलो प्रतिष्ठान नेपालका कार्यलय प्रमुख श्रीराम प्रोखेल र कार्यक्रम संञ्चान प्रतिष्ठानका प्रवक्ता शान्तम् श्री ज्युले गर्नु भएको थियो । युगद्रष्टा डा. निर्मलमणि अधिकारीका प्रवचनमा आधारित यो पुस्तकले नेपालको पुनर्जागरणको सड्ड्कथनलाई सुस्पष्ट दिशा प्रदान गर्ने कार्यमा विशेष महत्व राख्ने भन्दै धिरेन्द्र चन्द सोडारी जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *