Best Online News From Nepal

नेपालको गौरवशाली काशी:पर्वत “न्याय हराए गोर्खा जानु, विद्या हराए काशी जानु

नेपालको गौरवशाली काशी:पर्वत
“न्याय हराए गोर्खा जानु 

विद्या हराए काशी जानु।”भन्ने लोकोक्ति हाम्रीले सुन्दै आएका हौ।यद्यपी विक्रमको सोर्हौ शताव्दीपछिको चार शताव्दीसम्म भने नेपालको पर्वत नेपालको “काशी “बनेर रहेको कुरा स्वामी प्रपन्न्चार्यको कार्तवीर्योदयबाट बुझ्न सकिन्छ।यस समयमा नेपाल विद्या र न्याय दवै क्षेत्रमकोलागि उर्बर भूमि रहेको कुरा इतिहासको अध्ययनले देखाउँदछ।न्याय ,विद्या र तिर्थाटन समेतको पावन भूमिको रूपमा परिचित र पर्याय रहेको तात्कालिन नेपाल ,इतिहासको पानामा स्वर्ण युग रहेको प्रतित हुन्छ।
“पश्चिम नेपालको पर्वत क्षेत्रको बर्तमान नाम धौलागिरि अञ्चल भएको छ।साथै पर्वत वर्तमान समयमा एउटा जिल्ला बनेको छ। पर्बत जिल्लाको सदरमुकाम कुस्मा(कुसुमा) भएको छ।बाग्लुङ जिल्लाको सदरमुकाम बाग्लुङ्गै मा छ।

दुबैतिर पर्वतमालामा सजिएका छन्।माझमा कालीगण्डकी उतुङ्ग तरङ्ग भ्रू भङ्ग लिएर बगिराखेकी छ।
प्राचीन कालमा मुक्तिनाथ जाने एक मात्र बाटो यही थियो काली गण्डकीको किनारमा कुसुमा, म्याग्दी ,बलेवा, थनथाप बाग्लुङ ,पाङ ,मलाज ,वेणी घोर दाना ,गलेश्वर ,आदि प्रसिध्द गाउँ बसेका छन्।
, यी मध्ये कुसुमा बाग्लुङ बेनी आदि धौलागिरि अञ्चलका विभिन्न जिल्लाका सदरमुकाम बनेका छन्।बेनी प्राचीन राजधानी थियो घनश्याम मल्ल मलयवम मल्ल र कीर्तिबम मल्लको राजधानी “वेणी” नै थियो,पछि मलाजमा पनि राजधानी सारेका थिए।
तात्कालिन पर्वत राज्यको यही क्षेत्र विक्रमको सोह्रौ शताब्दीपछिको चार शताब्दी सम्म नेपालको “काशी “बनेर रह्यो।रमापति उमापति हरिराम शिवराम प्रेमनिधि वीरशाली सुकृतिदत्त आदि विद्वान यसै क्षेत्रका गौरवशाली विभूति हुन्।।


छिमेकी मित्रराष्ट्र भारतको काशीसँग नेपालीहरूको हजारौंहजार वर्षदेखि विद्याध्यन र तिर्थवाससम्बन्धी सम्बन्ध रहेको देखिन्छ। यो सम्बन्ध आजपनि जस्ताको तस्तै छदैछ।त्यसमा पनि विद्यामा काशी सँग सम्बन्ध राख्ने काठमाण्डौ, पर्वत, पोखरा, जनकपुर ,दिङ्ला, इलाम आदि थिए यी मध्ये कुनै समय पर्वत काशीसँग हाराहारीमा उभिएको इतिहास नेपालीले भुल्नु हुदैन।शिवराम प्रेमनिधि सुकृति आदिका तथा प्राणमञ्जरीहरूका रचनाहरू जबसम्म रहन्छन् तबसम्म पर्बत (बाग्लुङ्ग)को नाम भविष्यको इतिहासले पक्षपातरहित भएर स्वर्णाक्षरमा लैख्नेछ।”
-डा स्वामी प्रपन्न्चार्य(कार्तवीर्योदय,महाकाव्य पृ 3 बाट)