Best Online News From Nepal

नेपालका लागि अनुशरणीय इजरायली डेरी उद्योग : प्रविधिदेखि व्यवस्थापनसम्म, यस्ता छन् रणनितीहरु

उमेरको हिसाबले तुलानात्मकरुपमा विश्वमाझ कान्छो मुलुक हो मध्यपुर्वी देश इजरायल । आफ्नो स्थापनाको छ दशक मात्र पुरा गरेको इजरायल पेलिस्टाइनसँगको लगातार द्वन्दको कारण सँधैजसो चर्चामा रहन्छ । यसका बाबजुद पनि प्रगतिका हिसाबले यो मुलुक पछाडि छैन । विशेषतः इजरायलको कृषि प्रणाली संसारभर प्रसिद्ध छ । इजरायलमा आविष्कार गरिएका कृषि प्रविधिहरु संसारभर प्रयोग हुने गरेका छन् । कृषिका सबै जसो क्षेत्रहरु बिशेष गरी बागबानी तथा सिँचाइ प्रणाली, डेरी उद्योग आदीमा इजरायलले धेरै फड्को मारिसकेको छ ।

इजरायलमा कुल जनसंख्याको करिब ५५ जनताहरु कृषि क्षेत्रमा आबद्ध छन् । कृषि क्षेत्रले यहाँको राष्ट्रिय आम्दानीको करिब छ ६५ हिस्सा ओगट्ने गरेको छ । इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी जमिन मरुभुमी छ । अर्को तर्फ कृषि क्षेत्रको लागि आवश्यक पर्ने महत्त्वपूर्ण स्रोत पानीको पनि निक्कै अभाव छ । यद्यपि, सिमित साधन र स्रोतको अधिकतम फाईदा लिँदै उच्च कृषि उत्पादन लिन सक्ने त्यहाको कृषि प्रविधी साँच्चिकै चमत्कारी छ ।

कृषि उत्पादनमा गाईको दुधको हिस्सा ९५ प्रतिशत 
इजरायलमा मुख्य रुपमा गाईको दुध उत्पादन गरिन्छ । इजरायलले वार्षिक रुपमा करिब १हजार २ सय १७ मिलियन लिटर दुध उत्पादन गर्छ र दुग्ध उत्पादनले कुल कृषि उत्पादनको बजार मुल्यको ९५ हिस्सा ओगट्छ । इजरायलले आफ्नो हावापानी सुहाउदो इजरायली होलिस्टिन गाईको नश्ल विकास गरेको छ जसले उच्च मात्रामा दुध उत्पादन गर्न सक्छ ।

हरेक मौसममा दुध उत्पादन
डेरी उध्योगको अर्को महत्वपूर्ण पाटो भनेको बर्ष भरी नै कसरी दुध उत्पादन कायम गर्न सकिन्छ भन्ने हो । इजरायलमा जस्तै नेपालमा पनि विशेष गरी जाडो तथा गर्मी महिना हरुमा उचित दानपानी तथा घाँसको अभावमा दुग्द उत्पादन कम हुन्छ । अर्को तर्फ बर्षायाममा आवश्यकता भन्दा पनि घाँस उत्पादन हुन्छ । यस्तो अवस्थामा बर्षायाममा बढी भएको घासलाई उचित प्रविधीद्वारा हे वा साइलेज बनाइ प्रयोग गर्न सकिन्छ जसले गर्दा राम्रो उत्पादन गर्न सकिन्छ ।

dairy farmउच्च प्राविधिक व्यवस्थापन
इजरायलको डेरी उध्योगको अर्को प्रमुख विशेषता भनेको व्यवस्थापनमा प्रयोग भएको उच्च प्रविधि इजरायलको सबै डेरी फार्महरुमा दुध दुहुँदा मेशिनको प्रयोग गरिन्छ जस्ले छोटो समयमै धेरै गाईहरु एकैचोटी दुहुन सकिन्छ । दुध दुहुँदा दुहुँदै त्यो पाईप मार्फत चिस्यान केन्द्रमा संकलित हुन्छ । त्यहाँबाट दुध बिभिन्न दुग्ध उद्योगहरुमा पठाइँन्छ । इजरायलमा इजरायली क्याटल ब्रिडर एशोशियसन (क्ष्ऋद्यब्) ले एउटा यस्तो सफ्टवेर को निर्माण गरेको छ जस्को माध्यमबाट देशको बिभिन्न डेरी फार्महरुको उत्पादनको सुपरिवेक्षण तथा रेकर्ड राखिन्छ र आवश्यकता अनुसार फार्म म्यानेजरलाई व्यवस्थापन तथा उत्पादनको बारेमा सुझाब तथा सल्लाह दिइन्छ । कुनै पनि एउटा फार्म भित्रै त्यस्तो सफ्टवेरको निर्माण गरिएको छ जसले फार्म भित्रको हरेक गाईको उत्पादन, रोग व्याधी तथा अन्य क्रियाकलापहरुको बारेमा रेकर्ड राख्छ जस्ले गर्दा फार्मको उचित ब्यबस्थापनमा सहयोग पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *