Best Online News From Nepal

निशुल्क स्वास्थ्य शिविर चैत्र २३ र २४ गते दुक्तान पर्वतमा( प्रचार भिडियाे सहित)

१५ चैत, २०७४,सुनिल थापा
पर्वत जिल्लाको अग्रहणी र नमुना क्लबको रुपमा रहेको बौद्ध युवा क्लब, दुक्तानले सामाजिक र सेवामुलक कार्यको रुपमा यहि चैत्र २३ र २४ गते दुई दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ग्रामीण स्थरमा स्वास्थ्य सेवाको अभाव हुदै गर्दा बौद्ध युवा क्लब, दुक्तानले गरिब, असक्त, असाय तथा वृद्धाहरुलाई गाउँ स्तरमा नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यका साथ दुई दिने निशुल्क स्वास्थ्य शिविरको आयोजन गरेको छ । साथै शिविरको प्रायोजन अल स्माइल डेन्टल होम, काठमाडौंले गरेको छ । उक्त शिविरमा काठमाडौं तथा पर्वत जिल्ला अस्पतालका विशेषज्ञ डाक्टरहरुबाट निशुल्क दन्त उपचार, हाडजोर्नी तथा नशा रोग उपचार, स्त्री तथा प्रस्तुती रोग सम्बन्धि उपचार हुने बौद्ध युवा क्लब दुक्तानका अध्यक्ष युवराज गुरुङ(सन्तु) ले जानकारी दिनुभयो । शिविरमा डा. ज्योति ढकाल, असिष्टेण्ट प्रोफेसर कान्तिपुर डेन्टल कलेजका डिर्पाटमेन्ट अफ अर्थोडेण्टिक, डा. विकाश डेसार, असिष्टेण्ट प्रोफेसर, कान्तिपुर डेन्टल कलेजका डिर्पाटमेन्ट अफ ओरल एण्ड म्याक्सिओफेसियल सर्जरी, डा. जोन गुरुङ, डेन्टल सर्जन, म्यानेजिङ डाइरेक्टर अल स्माइल डेन्टल होम,
कान्तिपुर डेन्टल कलेज डिर्पाटमेन्ट अफ ओरल एण्ड म्याक्सिओफेसियल सर्जरी डा. दिनेश श्रेष्ठ डेन्टल सर्जन पर्वत जिल्ला अस्पताल, डा. मंगल प्रसाद हिराचन MBBS, MS, अर्थोपेडिक सर्जन, डा. हेमा छन्त्याल MBBS DGO(Gyene & Obse) पर्वत जिल्ला अस्पातल तथा अन्य विशेषज्ञ डाक्टरहरुले विशेषज्ञ सेवा प्रदान गर्ने क्लबका सदस्य सुनिल थापाले जानकारी दिनु भयो । उक्त शिविरमा सम्बन्धित रोगका विरामीहरुले उपचार गराई लाभान्वित हुन क्लबले सवैमा आग्रह पनि गरेको छ । साथै दुक्तान गाउँमा रहेकाे शिवजी बसाह मन्दिरकाे नवनिर्मित मन्दिरकाे उदघाटन यहि २०७४ साल चैत्र २२ गते हुने पनि जानकारी गराइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *