Best Online News From Nepal

निजामती कर्मचारी अस्पतालमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 115 जना सहभागी(तस्विर र भिडियो सहित)

अर्जुन भुषाल—

काठमाडौमा चार्डपर्वको समयमा अत्याधिक मात्रामा  रगतको  अभाव हुने गरेको छ ।

निजामती अस्पताल प्रशासन र अस्पतालको कर्मचारी यूनियनको संयुक्त आयोजनामा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय पन्ध्र बढिले रक्तदान गरेको अस्पतालको कर्मचारी यूनियनले जनाएको छ ।

विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म चलेको थियो । अस्पतालको परिसरमा भएको उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेश कुमार थपलिया थिए ।

विगत १० बर्षदेखि अस्पतालले प्रत्येक बर्ष बडादशैं, दीपावली र छठका अबसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । विशेषगरी चाडपर्वका बेला रगतको अभाव पर्ने भएका कारण प्रत्येक बर्ष चाडपर्वको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको अस्पताल कर्मचारी यूनियनका अध्यक्ष सन्तोष धिमालले बताए ।