१८ चैत्र, २०७४, सुनिल थापा, बागलुङ
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, प्रदेश नं. ४ स्तरीय प्रशिक्षण कार्यक्रम, भव्यताका साथ सम्पन्न भएको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन,(CBA) केन्द्रीय कार्यसमितिको आयोजना तथा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, (CBA) जिल्ला कार्यसमिति, बागलुङको संयोजनमा प्रथम प्रदेश स्थरीय प्रशिक्षण कार्यक्रम बागलुङमा सम्पन्न भएको हो । उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (CBA) का केन्द्रीय सदस्य एवंम् प्रदेश नं. ४ ईन्चार्ज खेमलाल अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथि निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (CBA) का, केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल र विशिष्ठ अतिथिको रुपमा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (CBA) का केन्द्रीय उपाध्यक्ष भोलानाथ पोखरेलले गर्नु भएको थियो । कार्यक्रमा अतिथिको रुपमा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (CBA) का केन्द्रीय सदस्य सुवाष कुमार कोइराला, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटा, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा, नेपाल निजामती कर्मचारी संगठन, बागलुङका अध्यक्ष रामप्रसाद सापकोटा, निजामती कर्मचारी युनियन(संघ) का अध्यक्ष देव शर्मा रहनु भएको एवम् कार्यक्रमको संचालन निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (CBA), बागलुङका अध्यक्ष तेज प्रसाद निउरेले गर्नु भएको नेपाल निजामती कर्मचारी संगठन, बागलुङका कोषाध्यक्ष सुनिल थापाले जानकारी दिनु भयो । कार्यक्रम उदघाटन सत्र र प्रशिक्षण सत्र गरि दुई चरणमा भएको थियो भने कार्यक्रमको औपाचारिक उदघाटन निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (CBA) का केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाले दियो बालेर गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुण्य प्रसाद ढकालले हाल चर्चाको विषयको रुपमा रहेको कर्मचारी समायोजन, सरकार र आधिकारीक ट्रेड युनियनको समन्वयमा देश र निजामती कर्मचारीहरु दुवैलाई अधिकतम फाइदा र प्रभावकारी हुने तरिका बाट समायोजन हुनु पर्ने कुरामा जोड दिदै सरकारले ल्याएको संघमा बस्ने कर्मचारी श्रेणीगत र प्रदेश र स्थानीयमा तहगत प्रणालीको विभेद ठीक नभएको र ३ वटै तहमा समायोजन हुने कर्मचारीलाई समान सेवा दिई समायोजन गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि भोलानाथ पोखरेलले निजामती कर्मचारीहरुले विभिन्न राजनितिक आन्दोलनमा अगुवाई गरि राजनितिक परिवर्तनमा सहयोग गरेकोले अहिले कर्मचारी समायोजन सरकारले एकपक्षीय ढंगबाट नगरी निश्चित मापदण्डका आधारमा सवैलाई सर्व–स्वीकारीय हुने गरि गरिनु पर्ने बताउनु भयो । कार्यक्रमका अतिथि सुवाष कुमार कोइरालाले हालको कर्मचारी समायोजन निश्चित नियम बनाएर गरिनु पर्ने र भि.आर. एस. अनिवार्य लागु हुनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटा, प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा, नेपाल निजामती कर्मचारी संगठनका, बागलु अध्यक्ष राम प्रसाद उपाध्याय र निजामती कर्मचारी युनियन(संघ) का अध्यक्ष देव शर्मा ले शुभकामना मन्तव्य दिनु भएको थियो ।
उक्त प्रशिक्षण सत्रमा प्रदेश नं. ४ अन्र्तगतका ११ वटै जिल्लाका निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (CBA) का अध्यक्षहरुले निर्वाचित भएपछिका आफ्ना जिल्लामा भएका गतिविधिको जानकारी दिनु भएको थियो । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, बागलुङका सचिव गौरव दास वैरागीले बागलुङ जिल्ला कार्य समितिको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रमा ११ जिल्लाका सि.वि.ए कार्यसमिति र सहभागि राष्ट्रिय स्तरका ट्रेड युनियनहरुलाई चार समुहमा विभाजन गरि निजामती क्षेत्रका समस्या एवम् चुनौती र सो को समाधानका विषयहरु केन्द्रीय कार्यसमितिलाई सुझावको रुपमा प्रदान गरिएको थियो । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, प्रदेश नं. ४ स्तरीय प्रशिक्षण कार्यक्रममा ९ वुँदे बागलुङ घोषणा पत्र जारी गरि कार्यक्रमको समापन भएको थियो ।