धर्मराज सरोज/काठमाडौ—
सामान्य प्रसासन मन्त्रालय, निजामति कर्मचारी अस्पतालमा पहिलो पटक आधिकारिक ट्रेडयुनियन स्थापना भएको छ । दशैं, तिहार तथा छटको शुभकामना आदान–प्रदान कार्यक्रमको अवसर पारेर कर्मचारीहरुको आधिकारिक संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ स्थापना भएको घोषणा गरिएको हो । सिभिल अस्पतालमा खोलिएको कर्मचारी संगठनमा सन्तोष धिमाल अध्यक्ष, विमला पौडेल उपाध्यक्ष, विनोद पोखरेल सचिव, अनिता भट्टराई कोषाध्यक्ष, रोशनी महर्जन सहसचिव, सदस्यहरुमा सपना पोखरेल, सरोज श्रेष्ठ, दिनेश पन्त, अमेन्द्र अधिकारी, मिना श्रेष्ठ र सुनिता मरहठ्ठा रहेका छन् ।
कार्यक्रममा कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन तथा संघीय मामिला तथा सामान्य प्रशासन आधिकारिक ट्रेडयुनियनका सचिव दिल पौडेललाई प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा बोल्दै पौडेलले भने,‘निजामती अस्पतालका कर्मचारीहरुकाका कुनै पनि समस्या भए हामी छौं तर तपाईहरु अस्पतालको गुणस्तरिय सेवा दिन दिनरात तल्लिन हुनुस् । अन्य ठाउँमा जस्तो राजनीति यो अस्पतालमा नहोस्, मेरो शुभकामना छ ।’
त्यसैगरी, कार्यक्रमका विशेष अतिथि बरिष्ठ बालरोग विशेषज्ञ डा रामेश्वरमान श्रेष्ठले कर्मचारी यूनियन सेवाग्राहीलाई उच्चस्तरिय सेवा दिन र कर्मचारी हकहितका लागि मात्र सिमित हुनुपर्ने धारणा राखेका थिए । नवनिर्वाचित अध्यक्ष सन्तोष धिमालले भने,‘कर्मचारी संगठन खोल्नुको प्रमुख उदेश्य अस्पतालमा सेवाग्राहीलाई गुणस्तरिय सेवा दिनु हो । धेरै सेवाग्राहीलाई अस्पतालले सेवा दिनेभन्दा पनि गुणस्तरिय सेवा दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ तर अस्पतालले कर्मचारीहरुका आधारभूत सेवा–सुविधा उपलब्ध गराउन पछि पर्न नहुने उनले बताए ।
उनले भने, ‘नेपाल सरकारले तोकेको न्यूनतम सेवा–सुविधा त कर्मचारीले पाउनुपर्छ, नत्र कर्मचारी आउने र जाने क्रम चलिरहन्छ, त्यसो हुँदा गुणस्तरिण सेवा दिन कठिनाई हुन्छ, यो अस्पताल ब्यवस्थापनले बुझ्नुपर्छ ।’ अस्पताल स्थापना भएको १० बर्षपछि पहिलो पटक कर्मचारीहरुको हकहितका लागि कर्मचारी यूनियन खोलिएपछि सबैमा खुसीयाली छाएको छ । कार्यक्रममा अधिकांश कर्मचारीहरु, चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो । उक्त कर्मचारी संगठन श्रम कार्यालयमा असोज ९ गते दर्ता भएको थियो ।
कार्यक्रममा नवगठित आधिकारिक युनियनका सचिप विनोद पोखरेले नेपाल सरकारको प्रचलित नियमअनुसार कर्मचारिलाई तलब भत्ताको व्यवस्था गर्ने सके कर्मचारीहरुले झन जोस र जागरको साथ कार्य गर्ने सक्ने र निजि अस्पताको भन्दा गुणस्तरीय सेवा प्रवाह गर्ने सक्ने बताय।
दर्शक दिर्गामा बसेका अर्का एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने -निजामति कर्मचारी अस्पतालमा कार्यरत पाचौ तह लगायतका कर्मचारीहरुको तलब निजामति कर्मचारीको श्रेणि विहिन भन्दा पनि कम रहेको छ, पाचौ तहका कर्मचारीको यो हालत छ भन्य तल्लो तहका कर्मचारीहरुले केको हर्कमा सेवा दिन सक्छन उनले प्रति प्रश्न गरे?
निजामती कर्मचारी अस्पताल चिनिया लगानिमा निर्माण भएको सामान्य प्रसासन मन्त्रालयको अस्पताल हो।