लेखक : सुरज दाहाल——
नारी पिरियडमा अछुत वा अयोग्य हुदैनन नारी मन्दिर भन्दा पवित्र हुन्छन ।भगवान सृष्टिकर्ताको रूपमा पुजित छ्न । भगवानले हरेक मानव आफै रचना गर्न नसक्ने भएर नारीको रचना गरे । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हुन ।

आज सम्म पशुपतिनाथको ढोकामा बसेर कुनै नारीलाई सोधिएको छैनकी ” नानी तिमि रजोवती (रज्वस्वला) भएको छौकी छैनौ ? कुनै मन्दिरमा रजोवती छिरेर अनर्थ भएको पनि घटना छैन ।
प्रस्तुत पंक्तिकारले “रजस्वला धर्म कि अधर्म ? पवित्रता कि अपवित्र ” भनेर सामाजिक संजालमा बहस ” नै चलायो । नेपालमा रगतदान गर्ने युवाहरु लाई एकीकृत बनाएर रगत सञ्चारमा महत्वपूर्ण भुमिका खेल्दै आएको युथ फर बलड कि भाइस प्रेजिडेण्ट रोशना दाहाल भन्छिन ” म रजस्वला हुदा मन्दिर जाने गर्दछु । तर नराम्रो अनुभव गर्दिन ।” पिरियड/रजस्वला हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेर भनेको छैन यदि कुनै शास्त्र विशेषमा भनिएको छ भने पनि समयानुकूल विलेश्ण र पुन:व्याख्या हुन जरुरी छ ।नेपाली जनजिब्रोमा रजस्वला हुदाको अवधीलाई पर बस्नु भनिन्छ ।यो पिरियड मा दिएको छुट्टी(Menstrual leave ) हो । नारीको शरीर बाट रगत जादा तिमि कमजोर हुन्छ्न भनेर आराम दिएको छुट्टी हो ।प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ । यस्तै एक हिन्दु परिवारकी शिक्षित नारी कविता ढकाल भन्छिन ” धार्मिक परिवारमा जन्मेर मैले सधैभरी आफ्नो ह्रदयमा भगवान राखेको छु । जब जब कसैले भन्दछ कि म रजोवती हुदा मन्दिर जान पाउदिन म तिनीहरुको अज्ञानता देखेर आफ्नो हासो रोक्न सक्दिन । ” पिरियडमा/रजोस्वला भएकी नारी कोहि एक पुरुष भन्दा अपवित्र हुदैनन । मन्दिर भन्दा पवित्र हुन्छन ।पवित्रता त्यो हैन जे पुरुषले निर्धारण गर्दछ्न । धर्म त्यो हैन जे पुरुषले मात्र धारण गर्दछ्न । रजस्वला भएको नारी मन्दिर भन्दा संवेदनशिल कोमल हुन्छन । मन्दिर आश्थाको ठोस प्रतिक हो ।नारी आस्थाका तरल प्रवाह हुन । पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे, फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर औपचारिकता पूरा गरेर फर्कनु मात्र थिएन । मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । पिरियडमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो ।मन्दिरहरुमा मानविय मेला लाग्दा रक्तप्रवाहले शारीरिक रूपमा कमजोर बनेकी नारी लाई असर पर्ने देखेर नजाउ भनिएको हो । सिडनी बाट सुजना भन्छिन ” पुरातन समाजमा हाइजिन/ सेनिटेसन कायम गर्ने आधुनिक जस्ता साधन थिएनन । रगतलाई नियन्त्रण गर्न प्याडहरु थिएनन त्यसैले हाइजिनलाई ख्याल गरेर भान्सामा नछिर भनियो ।” कालान्तरमा यो निषेध (Taboo) को रुपमा बुझियो । भारतमा कामाख्या मातालाई नै पिरियड हुन्छ । हिन्दु समाजमा नारी- सर्वोच्च शक्तिको रूपमा पुजित देवि हुन । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न नारी सम्मानको यो उच्च धरातल तयार गर्न सरल छैन । स्नेह खरेल यहि सन्दर्भमा नारीको आन्तरिक मानसिकता उजागर गर्छिन ” अरुले केही भन्छ्न कि भनेर नारी अझैपनी आफूलाई सँकुचित राख्दछ्न ।” भक्तपुर बाट ब्लगर समिक्षा भट्टराई आफ्नो तितो अनुभव पोख्दै सुनाउछिन “म रजोवती /मासिक धर्ममा हुदा मेरो परिवारको एक जना आफन्त बाट हेपिए डाइनिङ टेबलमा सगै बस्न प्रतिबन्ध लगाउने काम गरियो । हामी बन्दी मगजको अवरोध-बन्धनको सामना गर्दैछौ ।” नारी पिरियडमा अछुत वा अयोग्य हुदैनन नारी मन्दिर भन्दा पवित्र हुन्छन ।भगवान सृष्टिकर्ताको रूपमा पुजित छ्न । भगवानले हरेक मानव आफै रचना गर्न नसक्ने भएर नारीको रचना गरे । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हुन । म्यानेजमेन्टकि विधार्थी ललितपुर कि रिनाले सुन्दर खबर सुनाइन ” मैले रजस्वला हुदा स्वस्थानी पढेको छु । दशैमा टीका लगाएको छु ।” अगाडी भन्छिन ” मन्दिरको प्रसाद लगाएको छु । हाम्रो घरमा पहिलो पटक रजस्वला हुदा २७दिन पर बस्न लगाइन्थ्यो ।अहिले पाँच दिन बार्न लगाइन्छ मैले परिवारका सदस्यलाई छुन हुदैन बोटबिरुवा छुन हुन्न टेलिभिजन रुममा जान हुन्न भनिन्छ तर म सबै गर्दछु ।कस्तो हुदो रहेछ भनेर गरेको तर बोटबिरुवा र परिवारका सदस्यलाई केही भएन । ” प्रस्तुत पंक्तिकारको बुझाइमा परम्परागत समाजमा बोटबिरुवा छुन हुदैन भनियो ताकी फल र फुलमा रगत नलागोस । बोटबिरुवामा मानवले जल सिंचाइ गर्दछ रगत हैन । अब त्यो अवस्था रहेन ।युवाविहिन नेपाल रजस्वला भएकी नारीले हराबरा बनाएका हुन । नारी जुनसुकै बेला मन्दिर जान सक्दछ्न ।
किन नजान भनियो फरक कोण बाट हेर्न सकिन्छ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर्न सकिन्छ । नेपाली समुदाय बिच सम्म लोकप्रिय संसारको सर्वोच्च कोमारी तिर्थ कामाख्या अम्बुवाची पर्वको एक रोचक प्रसङ्ग छ -जब अम्बुवाची पर्व सुरु हुन्छ रजस्वला /रजोधर्म सुरु भए सगै भगवतीको गर्भगृहको द्धार तीन दिन आफै बन्द हुन्छ भनेर कामाख्या शोधार्थी मुर्धन्य विद्धान दिवाकर शर्माले आफ्नो शोधपत्रमा उल्लेख गरेको छ्न । चौथो दिन हर्षोउल्लासका साथ मन्दिरको द्धार खोलिन्छ भक्तजनको मेला लाग्दछ । प्रतिकात्मक रूपमा तीन दिन मन्दिर बन्द हुनु भगवती अपवित्र हुनु हैनकी भगवती संवेदनशिल थप कोमल र पवित्र हुने हुदा भक्तजनले भगवतीको पवित्रता कोमलता ग्रहण गर्न नसक्ने भएर हो । अर्थात भगवती तब अझ पवित्र हुन्छिन जब रजोवती हुन्छिन । अर्थात रजस्वला हुदा नारी लाई मन्दिर प्रवेश निशेध अपवित्र अशुद्ध भएर हैन । मध्यपुर्वमा कार्यरत नेपाली युवा प्रबिन दहित प्रश्न गर्दछ्न ” नारीलाई किन गोठमा बस्न सुर्य नहेर्न भनिएको थियो होला ?” गुप्तबास , एकान्तबास , पर- बस्ने व्यवस्था नारीको लागि मात्र हैन । रजस्वला /रजोधर्म भएकी नारी लाई संस्कृतमा पुष्पिणी /पुष्पहासा (पुष्प जस्तै कोमल ) ,स्त्रीधर्मिणी ( धर्म धारण गरेकी स्त्री ) भनिन्छ । गुप्तबास नारीलाई नारी शक्तिको आत्मबोधको अवसर हो ।आत्मसाक्षात्कारको अवसर हो । भगवान महावीरको उपबास होस वा ऋषिमुनिको वनबास होस बुद्धको वनबास – अध्यात्मिक रुपमा गुप्तबासले विशेष अर्थ राख्दछ। ध्यान , तप आफैमा एकान्तमा गरिन्छ । सधैभरि घरको धन्दामा व्यस्त हुनेनारी लाई सनातन धर्ममा मासिक रूपमा आत्मसाक्षात्कार , आत्मबोध , आत्मचिन्तनको समयावधि व्यवस्था गरिएको थियो यसैलाई गलत रूपमा प्रयोग गरेर गोठमा राख्ने घरबाहिर राख्ने गरियो जसको दोस सनातन धर्म – अभ्यासलाई दिन मिल्दैन । धर्म हैन नेपालको शैक्षिक -आर्थिक – सामाजिक अवस्था जिम्मेवार छ । आजपनी नेपाल -भारतका धेरै मन्दिरमा नारी पुजारी छ्न र तिनीहरु रजस्वलाको बेलामा पनि मन्दिर जान सक्दछ्न । रजस्वला हुदा किन पुरुष लाई नारीले छुनै नपाउने भनिएको थियो भनेर रिनाले सुनाएको थिइन । सुजनाले अगाडी भनेकी थिइन ” पुरुष सग यौन सम्पर्क नहोस भनेर हुन सक्दछ ।” वास्तवमा कुनै वैज्ञानिक कारण नदिदै भन्न सकिन्छ रजस्वला भएको स्त्री शारीरिक रूपमा कमजोर हुन्छ्न । शारीरिक रूपमा कमजोर नारी सग यौन सम्पर्क गर्ने कुरा पातकी कुरा हुन । रजस्वला भएको स्त्री सग सहबास नगर भन्नुको अर्थ छुदै नछुनु , सगै बस्दै नबस्नु भनेको हैन । स्त्रीलम्पट बनेर नारीको शरीर भोग नगर भनिएको थियो ।
फेरि रजस्वला भएको बेलामा संक्रमणको संभावना यसैपनी ज्यादा हुन्छ रजोधर्ममा रहेकी नारीले यौन सम्पर्क गर्दा नारी मात्र हैन पुरुष पनि यौनजन्य रोगको सिकार हुन्छ्न भन्नेकुरा भारतिय डा अरविन्द मिश्रले एउटा बुलेटिनमा लेखेका थिए – रजोवती नारीले यौन सम्पर्क गर्दा नारी पुरुष द्धारा हर्पिस (harpeis ) जस्ता रोगले संक्रमित हुन्छ्न ।नारीमा पेल्विक इन्फ्लेमेट्री रोग(Pelvic inflammatory disease ) हुने संभावना ज्यादा हुन्छ ।एचआइभी पनि सजिलै प्रसारण हुन्छ । वास्तवमा जुनकुरा आधुनिक विज्ञानले हजारौं वर्ष पछि पत्ता लगायो त्यो कुरा धर्मविज्ञानले हजारौं वर्ष अगाडी देखि अभ्यास गर्यो । प्रस्तुत पंक्तिकारलाई बाल्यकालमा आमाले खाना खाएर तुलसी नछुनु भनेर सम्झाएको याद छ । अर्थात हामी जे पवित्र छ त्यो छुदैनौ । रजस्वला भएको नारी एकले कसैलाई नछुदा सबैलाई सरल हुनेहुनाले नछोउ भनिएको हुन सक्छ ।किनकी सबैलाई रजोवती नारीले म रजोवती भएको छु भन्न संभव पनि थिएन । एक बहिनीले प्रश्न गरिन ” रजस्वला हुदा नदिमा नुहाउन र केश/कपाल नधुन किन भनियो ?” वास्तवमा पुरातन नेपाली समाजमा “नदि र नारी ” एकअर्काको शोभा थिए । धर्म संस्कृतीले समृद्धनेपाली समाजमा नदि र नारी सधै स्वच्छ राखियो । रजोवती/रजोस्वला हुदा नारी नदिमा नुहाउदा नदिमा रगत बग्ने भयो । नदि वास्तवमा प्राकृतिक रूपमा जलप्रवाह हुन । नदिमा मानव रगत प्रवाह नहुन नदि प्राकृतिक रूपमा स्वच्छ बगोस भनेर यो व्यवस्था गरिएको थियो । अर्को पक्ष मनोवैज्ञानिक र अध्यात्मिक दृष्टिकोण बाट व्याख्या गर्दा ” जल /पानी ” सफा गर्ने तरल पदार्थ मात्र हैन । यो शक्ति हो । नदिको वेगमा प्राकृतिक पोखरीहरुमा पौडेकाहरुले अनुभुती गरेको हुनु पर्छ पानीको शक्ति ! सृष्टिको प्रमुख आधार हो जल ! नारीले रजस्वला हुदा आफ्नो शरीरको शक्तिमा विलय गराउछ्न । एउटा शक्तिको बहिर्गमन र एउटा शक्तिको आगमन एकसाथ हुन सक्दैन । तसर्थ जलप्रवेश निषेध गरिएको हुन सक्दछ । रजोधर्म- मासिक धर्म निषेध हैन निर्वाण हो । मुक्ति हो । रजस्वला अधर्म हैन धर्म हो । अपवित्रता हैन उच्च पवित्रता हो । नेपाली साहित्यका एक प्रिय समालोचक – मिथक र संस्कृतीका एकजना प्रखर विश्लेषक राम लोहनी सर कामाख्याको बारेमा भन्नू हुन्छ – “कामाख्या देवी रजोवति हुँदा आउने रगतले तलको नदी रातो हुन्थ्यो भन्ने विश्वास अझै छ। त्यो रगत मिसिएको पानी पवित्र मानिन्थ्यो। अहिले, यद्यपि रातो त हुँदैन आफै, पनि निकासको पानीलाई पवित्र मानिन्छ।” उहाको यो टिप्पणी सगै थप प्रष्ट के हुन सकिन्छ भने , कामाख्या देवि रजोवति हुदा नदिमा बग्ने रातो पानी पवित्र मानिनु प्रतिकात्मक रुपमा – रजोवती स्त्रीको रगत आफैमा अपवित्र हुदैन भन्ने अर्थ लाग्दछ । सगै राम लोहनी सर भन्नू हुन्छ ” तन्त्रको एउटा पन्थमा रजश्वला स्त्रीको योनीबाट निस्कने रगतलाई पवित्र मान्ने प्रथा नै छ। पाटनको एउटा मूर्तिमा रजश्वला देवीको योनीमै मुख लगाइराखेको एउटा साधक देखिन्छ। ” प्रिय पाठक , योनिमा मुख लगाएको साधकलाई यौनिकताको रुपमा नबुझ्नु होला यो भक्तिको प्रतीक हो ।यो समर्पण को प्रतीक हो ।
सामाजिक अभियान्ता प्रज्ञा कार्की भन्छिन ” मन्दिर , भान्सा , पुजाकोठा जस्ता ठाउँ सफा राख्नु हिजो पनि हाम्रो प्रयास थियो र आजपनि हुनेछ । पहिला हामी सग प्याड , अण्डरवेयर थिएनन त्यसैले स्वच्छता कायम गर्न पर बसेका थियौ । म सरसफाइमा ध्यान दिदै महिनाको तिसै दिन भान्सामा काम पनि गर्छु र भगवान आराधना पनि गर्दछु तर देवता रिसाएको छैनन । ” हो यो समाजलाई प्रज्ञाहरुको खाचो छ जो बुझ्न र बुझाउन सक्छ्न । जो धर्म , संस्कृती र समयलाई एकसाथ धारण गर्न सक्दछ्न । विज्ञान- प्रविधि , सूचना -सञ्चारको विकास-विस्तार सगै समाजको परिभाषा र संरचना बदलिदै छ । रुपान्तरण सग धार्मिक अभ्यास संस्कृती – संस्कारलाई अगाडी लैजान नसक्नु नै संसारका हरेक धार्मिक सांस्कृतिक परम्पराको प्रमुख चुनौती हो ।हुनसक्छ सनातन धर्मका कतिपय शास्त्रीय कुराहरू ठोस दस्तावेजहरुको समयसापेक्ष व्याख्या हुन जरुरी छ । दृश्यको वर्णन गर्नु भनेको दृश्य बदल्नु हैन ! दर्शकको आँखाको दृष्टिकोण अरु व्यापक बनाउनु हो । अरु विशाल बनाउनु हो । शुभमस्तु