Best Online News From Nepal

नामिबियालाई नेपाल ल्याउने प्रयास जारी

फाल्गुन २७, २०७२- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल र नामिबिया बीचको खेल अझै काठमाडौं हुने सम्भावना रहेको छ । सरकारी मान्यता प्राप्त नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले त्यो सम्भावना रहेको बताएकी छिन् ।

वैशाख ४ र ६ गते च्याम्पियनसिपको नेपाल र नामिबिया बीचको खेल काठमाडौंमा हुने कार्यक्रम रहेको छ । तर त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई शर्तसहित यो खेल आयोजना गर्न दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको पूर्वाधार निर्माण सम्पन्नको प्रकृया, सुरक्षा प्रत्याभुतिसहित आईसीसीका शर्तहरु हुन् ।
अघिल्लो साता भारतीय सञ्चार माध्यममा नेपाल र नामिबिया बीचको खेल दिल्लीको नोयडामा हुन लागेको जनाएको थियो । नेपालसँग खेल्नु अघि नामिबिया अन्तरमहादेशीय कप चारदीवसीय क्रिकेट खेल्न भारतको दिल्ली आउदैछ । त्यही क्रममा नोयडामा नामिबियाको नेपालसँग खेल हुनसक्ने भारतीय सञ्चारमाध्यममा जनाइएको थियो ।

तर दुई समानान्तर क्यानका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल अहिले अन्यौल स्थितिमा छ । मंसीरको मसान्तमा चतुरबहादुर चन्दलाई अध्यक्षमा चुन्दै क्यानको निर्वाचन भएको थियो । आफ्नो स्विकृति विना भएको चुनावलाई नमानेका कारण सरकारले त्यसलाई मान्यता दिएको छैन । पुष १८ गते राखेपले रमेश सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो । आईसीसी र एसियाली क्रिकेट परिषद -एसीसी) ले दुवै क्यानलाई आधिकारिक रुपमा स्विकारेको छैन् ।

‘नेपाली क्रिकेट अनेकन समस्यासँग जुधिरहेको छ, एकपछि अर्को मौका गुम्दै जाने अवस्थामा छ नेपाल । समग्रमा क्यान एकदमै जटिल मोडमा छ । तर क्यानको तर्फबाट आइसीसीसँग म नियमीत सम्पर्कमा छु,’ घिमिरेले बिहीबार सरकारी क्यानबाट जारी प्रेस विज्ञप्तीमा भनेकी छिन, ‘हामी अहिले नेपाल र नामिबिया बीचको खेल आयोजनाका लागि जुटिरहेका छौं । हामीले चाँडैं मैदान तयार गर्नुपर्नेछ, खेलाडीको सुरक्षाको कुरा पुरा गर्नुपर्नेछ । अनेकन चुनौती हुँदा हुँदैं पनि नामिबियासँगको खेल नेपालमै खेलाउन हर सम्भव प्रयास गरिरहेका छौं ।’उनले क्यान, नेपाल सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद देखि अन्य सरोकार बालालाई जिम्मेवार भएर प्रस्तुत हुन अपिल गरेकी छिन् ।

कीर्तिपुर मैदानको पूर्वाधार स्तरनोत्ती गर्न नसकेको र सुरक्षा प्रत्याभुति दिन नसकेपछि पपुवा न्यु गिनीसँगको खेल नेपालले नोभेम्बरमा युएईमा गएर खेलेको थियो । २०१५ देखिको १७ सम्मको च्याम्पियनसिपका ७ खेलहरुमा नेपालले तीन देशविरुद्धका ६ खेल घरेलु मैदानमा खेल्न पाउने आईसीसीको तालिका छ, त्यसमा पपुवा न्यु गिनीको खेल गुमाइसकेको छ ।

 

Source: ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *