Best Online News From Nepal

नापतौलमा दिनहुँ ठगिन्छन् उपभोक्ता : अनुगमनका लागि दशैँ कुर्दै सरकार

उदयपूरको कटारी बजार क्षेत्रमा स्थानीय व्यापारीले गैरकानुनी रुपमा मादण्ड विपरीत नापतौलका सामग्री प्रयोग गर्दा उपभोक्ता ठगिने गरेका छन् । मुख्य गरेर तरकारी व्यापारी र केही खुद्रा पसल सञ्चालकले मापदण्ड विपरीतका नापतौलका सामग्री प्रयोग गरेर ठग्ने गरेको कटारी–३ का हेमकुमार कार्कीले बताए । “एक किलो किन्दा सय ग्राम तौल कम हुने गरेको छ” उनले भने ।

सम्बन्धित इलाका प्रशासन कार्यालय, प्रहरी तथा उद्योग वाणिज्य सङ्घले बजार तथा पसलमा नापतौलको सामग्रीको अनुगमन नगर्दा उपभोक्ता मारमा पर्ने गरेका छन् । अधिकांश तरकारी व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी उपभोक्ता ठग्ने गरेका छन् ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले वर्षमा एक पटक दसैँको समयमा मात्र बजार अनुमगन गर्ने गरेको छ । अन्य समयमा समेत बजार अनुगमन गर्न उपभोक्ताको माग छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *