Best Online News From Nepal

नाकाबाट यसरी बढ्दैछन् पेट्रोलीयम र ग्यास बुलेटहरु

भारतीय नाकाबन्दी विस्तारै खुकुलो बन्दै गएपछि केही सामान बढी भित्रिन थालेको छ । तर मुख्य नाका विरगंज भने बन्दै छ । निगमले विकल्पका रूपमा बरौनी रिफाइनरी र बेतालपुर डिपोबाट इन्धन परिमाण बढाएर ल्याउन थालेको छ । निगमले आइओसी अधिकारीलाई बरौनी र बेतालपुरबाट लोडिङ बढाउन आग्रह गरेअनुरुप बाटो परिवर्तन गरेर इन्धन बढी आउन थालेको छ । निगमले हाल बरौनीबाट दैनिक औसतमा ४० ट्यांकर पेट्रोल र डिजेल लोड भइरहेको बताएको छ । बेत्यसैगरी ग्यास आयात पनि बढ्ने बरौनीबाट ग्यास आयात पनि बढाइने भएको छ । निगमका अनुसार विरगन्ज नाका ठप्प भएकाले अन्य प्रमुख पाँच नाकाबाट सामान आयात भएको छ । काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीबाट इन्धन पनि भित्रिरहेका छन् । यी नाकाबाट डिजेलका ट्यांकर धेरै र पेट्रोलका ट्यांकर कम आइरहेका छन् । काठमाडौंमा दैनिक औसतमा १५ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल ल्याउने गरेको निगमले जनाएको छ । ‘सामान्य अवस्थामा बरौनीबाट १२ हजार टन ग्यास लोड भइरहेकोमा केही दिनबाटै करिब १५ हजार टन ग्यास लोड हुने निगमको भनाई छ । आयल निगमले उपत्यकामा दैनिक अधिकतम ५० हजार लिटर पेट्रोल वितरण गर्दै आएको छ । साझा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पबाट पेट्रोल वितरण भइरहेको छ । डिजेल भने दैनिक दुई लाख ३० हजार लिटर वितरण भइरहेको छ । मौज्दात नभएकाले उपत्यकामा मट्टीतेल बिक्री नभएको करिब एक महिना भइसकेको छ । निगमले आन्तरिक उडान भर्ने विमानलाई दैनिक ५० हजार लिटरभन्दा बढी हवाई इन्धन वितरण गरिरहेको छ ।सामान्य अवस्थामा सात हजार टन ग्यास लोड भइरहेको हल्दियाबाट केही दिनमै आठ हजार टनभन्दा बढी ग्यास लोड गरिदिने छ । आइओसी खाली भएका बुलेट सबै पठाउन भनेको छ ।

Source: Businesssansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *