Best Online News From Nepal

नवदुर्गा अर्थात देवि आमा दिदि बहिनि भाउजु प्रति सम्मान गर्नुपर्ने कारण

नवदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर (दानव) काे कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकाे शात्रहरूमा उल्लेख छ । नवदुर्गा हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन । नवदुर्गा भवानीका यी नव रूपकाे अाश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नाै दिनसम्म पुजा गर्ने गरिन्छ । निम्नलिखित श्लोकमा नवदुर्गाको नाम क्रमश: दिईएको छ–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।