अचेल थरि थरिका मान्छेहरु नयाँ शक्तिका चर्चामा व्यस्त छन्। पत्रकार, कर्मचारी, राजनीतिज्ञ, ब्यापारी र बिद्यार्थीहरु सबै कुनै न कुनै रुपमा नयाँ शक्तिको बहसमा सम्मिलित छन्। तर नयाँ शक्ति कस्तो हुनुपर्छ र त्यसका कार्यगत नीति कस्ता हुन्छन भन्ने प्रश्न न कसैले सोधेको छ न कसैले जबाफ दिएको छ। सबै गहकिला शब्दहरुमा रुमलिएका छन्। ती शब्द र बचनहरु पुराना पार्टीका नारा र बिधानमा पनि नभएका त होइनन नी। कार्यन्वयन त नभएका हुन्। कार्यन्वयन किन भएनन् भनेर कोही बोलेका छैनन्। सबै अर्कालाई दोष दिन र आफुलाई स्याबासी दिंने होडमा रमाईरहेका देखिन्छन।
नयाँ शक्तिको कुरा गर्नु भन्दा पहिला पुराना शक्ति किन बेकम्मा साबित भए भन्ने बुझ्न जरुरि छ। त्यो प्रष्ट भए पो नयाँ पार्टीलाई पुराना पार्टीहरका कमि कमजोरी बाट टाढा राख्न सकिन्छ। पुरुना पार्टीका कमजोरीहरु बुंदागत रुपमा राख्दा:
१. असक्षम: पार्टी नेतृत्वमा असक्षम व्यक्तिहरुको जगजगी। उनीहरुमा न सहि शिक्षा छ न ब्यबसायिक कामको अनुभव। जिन्दगि भर काम नगरेर पार्टीका भत्ता खाएर बसेकाहरुलाई काम गरेर खानेहरुको मर्का कसरी थाहा हुन्छ ? खुर्पाको चोट अचैनालाई पो थाहा हुन्छ त।
२. अपारदर्शी: पाटी भित्र प्रजातान्त्रिक पद्धतिको कमि र गुन्डाराजको बिगबिगी। पार्टीहरु सँग कुनै कुराको रेकर्ड छैन। न सक्रिय सदस्यहरुको लेखा जोखा छ न पार्टी कोषको नै। हातमा डाडु पन्यु हुनेले पार्टीको आन्तरिक चुनावमा पार्टी कोषको हिनामिना गरि पार्टी नेतृत्वमा पटक पटक पुग्छन र योग्य व्यक्तिहरुलाई पार्टीको भित्रि घेरा भित्र कहिल्यै पुग्न दिंदैनन। चुनाव अगाडी भोटर लिस्टको फेर बदल जस्ता कुरा सामान्य जस्तै भएका छन। त्यस्ता पार्टी भित्रका अपराधिक कार्यका परिचालकहरु बिना संजाय सत्तामा पुग्छन। एक पटकको चोर संधैको चोर भने जस्तै यस्ता चोरले सत्तामा पुगेर जनताको के भलो गरुन।
३. अप्रजातान्त्रिक: संसदीय र अरु मुख्य चुनाबहरुमा उम्मदेवार छान्दा पार्टीका शिर्ष स्थानमा बसेका नेताहरुको मनोमानी। उम्मेदवारी चयनमा कुनै प्रजातान्त्रिक तरिका प्रयोग नभई पैसा र चम्चागिरीको खेल हुने गर्छ। अनि योग्य व्यक्ति कसरि सरकारमा पुगुन ? सबै पार्टीबाट खिया लागेका गनाउने व्यक्ति उठे पछि जनतालाई खोइ राम्रो च्वाइस ? तिनै फटाहा मद्धे बाट एक फटाहा त चुनिनेनै भो।
४. गलत सिद्धान्त: नेपालका पुराना पार्टीहरु सबै कि त थोत्रा साम्यवाद कि नभए आफुलाई साम्यवादी भन्न नरुचाउने हरुले च्याप्ने बादका (जसलाई समाजबाद भनिन्छ) नारा बोकेर हिडेका छन्। यी पार्टीहरुलाई नेपालको बिकाश उद्यमशीलताबाट मात्र सफल हुन्छ भन्ने ज्ञान छैन। सरकाले सबै गर्छ भन्छन अनि सरकाले केहि पनि गर्न सक्दैन। देशमा पुंजी निवेश कसरि बढाउने र रोजगारी कसरि बढाउने भन्ने तर्फ यी पुराना पार्टीहरुको कार्यगत नीति अति नै अस्पष्ट छ। जनतालाई ठुला ठुला शब्दको जालोमा रिंगाएका छन् यिनले। उद्योगीहरुको पिडा के हो भन्ने यिनलाई अत्तो पत्तो छैन।
५. कुरुप संगठन: खुलेआम भष्टाचार, ठगी र कुटपिटका दाग लागेका मान्छेहरु बिना कानुनी कार्बाही पार्टीहरुका केन्द्र देखि जिल्ला स्तर सम्म अटेस मटेस भयेर बसेका छन्। यी पार्टीहरुका विधानमा यस्ता व्यक्तिहरुलाई पार्टीबाट निष्काशित गर्ने कुनै प्रष्ट नीति छैन। होस् पनि कसरि जब पार्टीका टाउकेहरुको हालत पनि त्यस्तै भए पछि। सबै तैं चुप मै चुप छन्।
६. बिचारको कमि: पार्टीमा स्वतन्त्र विचार राख्ने विद्वानहरुलाई झिम्किन पनि दिइदैन। पार्टी भित्र भिन्न विचार राख्ने व्यक्तिहरु टिकदैनन र टिके पनि माथि उठ्न दिइदैन। बैचारिक मन्थनको खडेरी लागेको छ यी पार्टीहरुमा। पार्टी भित्र बादबिबाद र बिरोध प्रतिरोधलाई बढावा दिए पो राम्रो नीति निस्कन्छ अनि जनताको समस्या माथि देखिन्छ। यी पार्टीहरु संधै थोत्रा विचार बोकेर हिड्छन्। संसार कहाँ बाट कहाँ पुगी सक्यो नेपाली कांग्रेस अझै बी पी को समाजबाद भनेर हिड्या जस्तै।
७. नयाँ अनुहारको कमि: एक जना मान्छे कतिपटक पार्टीको विभिन्न स्तरको नेतृत्वमा बस्न पाइने भन्ने बिधान छैन। गिरिजा जस्ता नालायकहरु दशौँ बर्ष देशको सबभन्दा ठुलो पार्टीलाई खल्तीमा हालेर बस्न सफल भए। मुख्य पदहरुमा “टर्म लिमिट” राखिनु पर्छ जसले गर्दा एउटा व्यक्ति दुइ पटक भन्दा पार्टीको मुख्य पोष्टमा बस्न नसकोस। यी पार्टीहरुमा त दुइ चारजनाको हुकुमत पचासौं बर्ष चल्छ। पार्टीका नेता ख्या लागेका, पार्टी ढुशी परेका अनि यिनले बनाएका सरकार किरा परेका। जनताले भुत्रो सुशासन पाउनु।
जसले नयाँ शक्तिको कुरा गर्छ यी सबै कुरा राम्ररी सोचेको हुनु पर्छ। अनि आफ्नो समूहको नयाँ शक्ति कसरी फरक हुन्छ त भन्न सक्न पर्छ। जसले पनि भन्छ “भ्रस्टाचार गर्दैनौं,” ” बिकाश गर्छौं,” ” नैतिक बन्छौं” र “नेपाललाई जापान बनाउंछौं” भनेर। कसरि गर्छौं भनेर प्रष्ट भाषामा सबैले बुझ्ने गरि भन्न सक्नु पर्यो।
अर्को कुरा नयाँ शक्तिलाई नेतृत्व दिने मान्छेले जिन्दगीमा पैसा र नामको लागि राजनीति नगरेको होस्। नेतृत्व जानेले कुनै ब्यबसाय गरेर एक जना नेपालीलाई भए पनि रोजगार दिएको होस्। ब्यबसायनै नगरेको जिन्दगिभर अर्काले दिएको तलब थापेर बसेको मान्छेलाई एउटा ब्यबसायीको मर्म हतपति थाहा हुँदैन। व्यवसायीको मर्म नबुझ्ने नेताले देशमा रोजगारीको मूल फुटाउने बाताबरण सिर्जना गर्न सक्दैन। तेस्ता नेताको काम नाच्न जान्दैन आँगन टेढो भन्या झैं अरुलाई गाली गर्ने र दोष दिने मात्र हुन्छ। सबैको मंगल होश।