Best Online News From Nepal

नमराज घिमिरे ‘शिखर’

फूलमा पुग्ने वा फोहोर संगत अनुसार।
कति पीडा भोगेछ बुझ्नुस् खत अनुसार।

कोही पुग्दा डोलेश्वर कोही गोसाई कुन्ड,
घरमै भेटेँ भगवान पुर्खाको सत अनुसार।

सकेको सहयोग गर कर्तव्य सम्झिकन,
जीवित छँदै सेवा गर्नु भागवत अनुसार।

स्वार्थ के छ’र खै सत्मागको आश बाहेक,
तितो पोख्छन् तिनै व्यक्ति आदत अनुसार।

समाजको विश्वास शिखर छुनु सत्कर्मले,
बढ्छ छोरो सधैँ अगाडि सफत अनुसार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *