सुर्खेत : कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधबार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १० जनाको मृत्यु भएको छ । जसमा सात जना पुरुष, दुई महिला र एकजना बच्चाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।