Best Online News From Nepal

नख्खु कारगारमा कैदीकै हत्या, थुनामै रहेका ३ जना विरुद्ध मुद्दा दर्ता

कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एकजनाको हत्या भएको छ ।

नख्खु कारागार ललितपुरमा कैद भुक्तान गर्दै गरेका बर्दियाको साविक ठाकुरद्धारा गा।बि।स। ५ बस्ने ३२ वर्षिय भक्त बहादुर सुनारको हत्या पुष्टि भएको हो ।

गत वैशाख १९ गते ज्वरो तथा बान्ता समेत भएका कारण उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनी २० गते बेलुका फेरि बिरामी भएका थिए ।

ईमर्जेन्सीमा भर्ना गर्नुपर्नेमा वीर अस्पतालमा आईसियु वार्ड खाली नहुँदा पाटन अस्पताल लगिएको थियो । तर उनको उपचारका क्रममा २२ गने दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

नख्खु कारागारमा अनियमितता भएको भन्ने पत्र प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धान पश्चात बाँकेका अधिशेख सिँह शाह, सप्तरीका मनोज कुमार चौरासीया र दोलखाका ध्रुव कृष्ण शर्मा दोषी देखिएकाले मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *