आफु दशौं पुस्ता सम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा भएको र आफु संग जुन सुकै रोग पनि निको पार्न सक्ने दैवी शक्ति रहेको भ्रममा पारी उपचार गर्न आउने महिलाहरूलाई विश्वासमा पारी, डर त्रास तथा अनुचित प्रभावमा यौन शोषण गर्ने रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई विशेष सूचनाको आधारमा मिति २०७४/०८/०५ गते का.जि. दक्षिणकाली न.पा-०१ चाल्नाखेल, वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।
निजलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट जवर्जस्ती करणी तथा बिधुतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको छ ।
अनुसन्धानबाट खुलेका कुराहरु-
अन्दाजी १० बर्ष देखी का.जि. दक्षिणकाली न.पा. १ चाल्नाखेल वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा संञ्चालन गरी बसेको,
उपचार गराउन आएका महिलाहरूलाई उपचारको क्रममा एक्लो कोठामा निर्वस्त्र गराई जवरजस्ती शरिरीक सम्बन्ध राखेको,
पिडित महिलाहरूलाई सो कुरा कसैलाई भनेको खण्डमा ठुलो क्षती हुन्छ, पुन रोग बल्झिन्छ, रोगको उपचारको निम्ती निज गुरू संगै यौन सम्पर्क राख्नु पर्छ र गुरू तेतिस कोटी देवताको अवतार भएकोले गुरू रिसाएमा अनिष्ठ हूनेछ भनी डर त्रास देखाई भ्रममा पारेको,
पिडित महिलाहरूलाई परपुरूष संग विवाह गरेमा तिम्रो मृत्यु समेत हुन्छ भनी त्रस देखाई पिडितहरूलाई बारम्बार यौन सम्पर्क गर्ने गरेको,
अन्य महिलाहरूको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको ।
पक्राउ व्यक्तिको विवरण
१. नाम:- गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा
जन्म मिति:- ५६ वर्ष
ठेगाना:- जि.सिन्धुली कुसेश्वर दुम्जा-०९
पेशा:- रिम्पोछे (गुरु)
गुम्बाको नाम:- पेमा टासी छुल्ठिम घोम्बो कासुङ
गुम्बाको ठेगाना:- का.जि. दक्षिणकाली न.पा-०१ चाल्नाखेल,वोशन