Best Online News From Nepal

दोस्रो युवा कृषि उद्यम सम्मेलनको दोस्रो दिन

हार्दिक आमन्त्रण

फोर एच नेपाल को आयोजनामा आज बाट दोस्रो रास्ट्रिय युवा कृषि उद्यम सम्मेलन २०७५ आइतबारदेखि काठमाडौं सुरु भएको छ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिक) को प्रमुख आतिथ्यता मा सुरु भएको सम्मेलनमा देशभर बाट २ सय बढी युवा कृषि उधमीहरु को सहभागिता रहेको छ।

कार्यक्रमका प्रमुख अतिथी बिक ले सम्मेलनको उद्घाटन गर्दै समाजबाट अपहेलित र युवाहरूको रोजाईमा पर्न नसकेको कृषि पेसा लाई आधुनिकीकरण र बैज्ञानिक पद्धतिले अघि बढाउने बताउदै सरकारले कृषिको उद्यमसिलतामा नितिगत रुपमा ठोस कार्य गर्ने बताए।

सोही अवसरमा बोल्दै मन्त्री बिकले युवा पलायन रोक्न नितिगत तहमै पहल गर्ने बताए । सम्मेलन उदघाटनका अवसरमा प्रतिनिधि सभा सदस्य प्रकाश स्नेही , प्रदेश न ५ कि भुमिसुधर ,कृषि तथा सहकारी मन्त्री आरती पौडेल, कृषि बिज्ञ डा. मार्कनडे राय लगायतले विचार व्यक्त गरेका थिए ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीको अध्यक्षतामा भएको सम्मेलनमा पहिलो दिन डा. ऋषिकेश पाण्डे , डा. चिरञ्जीवी भट्टराई , डा. निर्मलमणी अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

फोर एच नेपालले आयेजना भइरहेको दोस्रो युवा कृषि उद्यम सम्मेलनको दोस्रो दिन युवा, कृषि, उद्यमशीलतासँग जोडिएको विषयहरुमा छलफल, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अभियानको थालनी हुनेछ । कर्ण शाक्य, डा. चिन्तामणी योगी लगायतकाले सम्मेलनलाई सहजीकरण गर्नेछ । सम्मेलन बिहना ९ः३० बाट शुरु हुनेछ ।

युवालाई कृषिमा सहभागी तथा आर्कषण गर्नको लागि Future Farmer: Smart Farmer भावी किसानः स्मार्ट किसान रािष्ट्रय अभियानको सामाुहिक थालनी गरिनेछ । साथै, कृषि अध्ययनरत विद्यार्थीको राष्ट्रिय संजाल गठन गरी किसानसँग युवा स्वयमसेवी अभियानको थालनी समेत गरिने छ । उत्कृष्ट तीन जना कृषकलाई जनही बीस हजार रुपया सहित सम्मान प्रदान गरिनेछ । सम्मेलनको समापनसँगै काठमाडौं घोषणापत्र तथा कार्ययोजना पारित गरिनेछ ।

समापन समारोह
मितिः २०७५ जेठ ७ गते सोमवार
समयः ३ः०० बजे
स्थानः नेपाल पर्यटन बोर्डको सभा हल, भृकुटिमण्डप, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *