Best Online News From Nepal

देशद्रोही विखण्डनकारी सिके राउत लाई तत्काल देश निकाला गर

श्रीकृष्ण धिमाल/काठमाडौ—

नेपाल प्रहरीको खोजी सूचीमा रहेको देशद्रोहि, विखण्डनकारी  सिके राउतले मिथिलाको मुटु जनकपुरमा आज ऊसका कार्यकर्ताको बीचमा संविधान र नेपाल राष्ट्रको विरोधमा बाेलेको छ यो कसरी सम्भव भयो सरकार? जनकपुरको ‘रामानन्द चोक’मा देशद्रोहि राउतले भाषण गर्दै गर्दा प्रहरी भने मूकदर्शक बनिरहेको थियो।आज सिकेराउतको कार्यक्रम छ भन्य कुरा सुरक्षा सम्यन्त्रलाई थाह थिएन वा योजनावद्व हो  मंगलबार साँझसम्म विखण्डनकारी राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी उसले मुख्य चोकमा उपस्थित भयर भाषण  गर्दा प्रहरी  मुकदर्शक बनेको हो।

संविधान दिवसकै दिन मिथिलाको मुटु जनकपुरमा   स्वतन्त्र मधेसको माग गर्दै  कार्यक्रम गर्ने स्वाठ र देशद्रोहि  राउतले प्रदेश २ को राजधानी जनकपुरकै मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेको हो। सिके राउतले जनकपुरमा भाषण गर्दा प्रहरी प्रसासन किन मुकदर्शक बन्यो? दुई तिहाई बहुमतको सरकार बिरुद्व एकपछि  गर्दै षणयन्त्र  भयो भनेर बोल्ने शासकहरु देशद्रोहिहरु बिरुद्व किन कडा बन्न सक्दैन?