Best Online News From Nepal

दुर्गा माताको पुजा अर्चनाका लागि निकालिएको कलस यात्रामा मुस्लिम समुदायका रोक ;देशमै द्वन्दको संकेत दिदै फतुवा बिजयपुर नगरपालिका

 

रौतहट जिल्लामा एक मुस्लिमको घर माथि पाकिस्तानको राष्ट्रिय झण्डा देखा परेको छ। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नं ९ को बडहर्वा गाउँको एक मुस्लिमले अाफ्नो निजि घरमा पाकिस्तानको राष्ट्रिय झुण्डा झुन्डयाएको छ।

झण्डाले कतै न कतै ठूलो द्वन्दको योजना रहेको यो झण्डाले बुझिएको हो।पाकिस्तानको राष्ट्रिय झण्डा अाफ्नो निजी घरमा लगाउन कानुनी अपराध रहेता पनि सो गाउँका एक मुस्लिम ब्यक्तिले ३-४ महिना अगाडि ठुलो बाँसमा पाकिस्तानको झण्डा झुण्ड्याएर राखेको हो।झण्डा झुण्ड्याएको ठाउँबाट लगभग ३ सय मिटरको दुरीमा शस्त्र बेश क्याम्प रहेको स्थानीय एक जनाले जनाएको हो। सो गाउँमा १ सयको हराहारीमा मुस्लिम समुदायको घर रहेको र २५-३० को हराहारीमा हिन्दु समुदायको घर रहेको एक जना स्थानीयले जनाएको हो। त्यस्तै दशैंको छठौं दिन राजपुर नगरपालिकाको पानी टंकी नजिक पुजा अर्चनाका लागि निकालिएको कलस यात्रामा यो बाटो जान दिन्न भन्दै मुस्लिम समुदायका केही ब्यक्तिले रोक लगाएपछि दुवै पछ बिच झै-झगडा भएको थियो।झै-झगडामा दर्जनौं बालबालिका सहित महिलाहरु पनि घाइते बनेको थियो ।यस्तो हुदा कतै न कतै ठूलो द्वन्दको संकेत यो झण्डाले देखिन्छन्।