४, चैत्र, २०७४,
पर्वत जिल्लाको पर्यटकीय गाउँको रुपमा परिचिति दुक्तान गाउँ धार्मिक विशेषता बाट पनि परिचित मानिन्छ । यस सुन्दर वस्तीको वीच भागमा शिवजी वशाह मन्दिर रहेको छ । २००८ सालमा उत्खन्न् गरि तत्कालीन रुपमा २००८ माघ १५ गते शिल्यान्यास गरिएको मन्दिरलाई अझै थप व्यवस्थित गर्न आवश्यक ठानी आधुनिक ढंगबाट निर्माण गरिएको वशाह शिवजी मन्दिर यहि २०७४ साल चैत्र २२ गते एक समारोहका वीच मन्दिर शिल्यान्यास गरिने भएको छ । मन्दिरको शिल्यान्यास प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ज्युबाट गराउन प्रयासरत रहेको पनि बौद्ध युवा क्लब, दुक्तानका अध्यक्ष युवराज गुरुङ(सन्तु) ले जानकारी दिनु भयो । सोही अवसरमा मानिसको स्वास्थ्य जिवनको सवैभन्दा महत्वपुर्ण मानिने दाँतको उपाचार निमित्त निःशुल्क दन्त्त शिविर पनि राखिएको उहाँले जानकारी दिनु भयो । उक्त शिल्यान्यास तथा निःशुल्क दन्त शिविर कार्यक्रममा सम्पुर्ण शुभचिन्तक, सहयोगी, चन्दादाताहरु, दाँत रोगका विरामी तथा छिमेकी गाउँवासीहरुलाई उपस्थितिको लागि सादर निमन्त्रणा पनि गरिएको छ ।