Best Online News From Nepal

दिगो विकासबाटै समृद्धि

सुमित भण्डारी 

प्रकृतिको विनाश नगरी वर्तमानको आवश्यकताको पूर्ति गर्न सक्ने गरी दिगो विकास हुनु आजको आवश्यकता हो । भविष्यमा हाम्रा सन्ततिको आवश्यकतालाई पूरा गर्न पनि सम्भव होस् भन्ने कल्पना आजैबाट गर्नुपर्दछ । तत्काल भएका सम्भावनालाई बचाउन सकिएन भने दिगो विकास पनि अधुरो नै रहन्छ ।

आर्थिक वृिद्घले पर्यावरणीय एवम् सामाजिक परिणामलाई जन्म दिन्छ, जो धेरै खतरनाक हुन्छ । यस्तो विकासले वातावरण जैविक विविधता, प्राकृतिक स्रोत, साधन तथा वायुमण्डलीय परिस्थितिमा नैसर्गिक स्वरूपको ठूलो क्षति पुर्याउँछ । प्राकृतिक स्रोत साधनको जथाभावी दोहनले दीर्घकालीन पर्यावरणमा ठूलो असर गर्छ ।

अनियन्त्रित औद्योगिकीकरणले एकातिर पर्यावरणीय जैविक विविधतालाई नष्ट गर्छ भने अर्कोतिर वनको विनाश गर्छ । त्यसैगरी बस्ती विस्थापनको सङ्कट पनि उत्पन्न गर्छ । यस्तो विकासले सामाजिक तथा आर्थिक परिणाम पनि गम्भीर बनाउँछ । यस किसिमको विकासले समाजमा धनी र गरिबबीचको खाडल अझै फराकिलो हुन्छ । हामी विकास गर्ने क्रममा छौं । कुन मोडलमा जाँदा उपयुक्त हुन्छ यो बुझ्नु जरुरी छ । चाइनाले अहिले ३०% अमेरिकाले १५%,  भारतले ६%, रुसले ५०%, युरोपियन युनियनले ९%, कार्वनडाइअक्साईड उत्पादन गरिरहेको छ । कार्वनडाइअक्साइडले गर्दा ओजन लेयरमा छिद्रा भएर अम्लीय वर्षा हुन्छ र वातावरणमा ठूलो हानी गरिरहेको छ । त्यसैले पनि पर्याप्त बहस हुनु आवश्यक छ ।

यही कुराबाट पाठ सिक्दै हामीले दिगो विकासको अवधारणा ल्याउनुपर्छ । दिगो विकास एउटा समग्र अवधारणा हो । जसले विकासको बहुआयामिक स्वरूपलाई समावेश गर्छ । यसले आफ्नो बहुआयामिक अवधारणामा आर्थिक वृद्धिलाई सन्तुलित गर्छ । प्रकृतिद्वारा संसाधनको पुनरुत्पादन, मानवीय अवस्था (सामाजिक र मानवीय विकास) को उन्नतिको प्रमुख स्थान प्रदान गर्दछ । यसले जीवन, मानवीय परिस्थिति र मूल्य तथा प्रकृतिको सन्तुलनमा जोड दिन्छ । दिगो विकासले समग्रमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक संरचनामा मूलभूत  परिवर्तनमा जोड दिन्छ, जो वर्तमान समाजको पुनरसंरचनाका लागि आवश्यक छ । यसले विकासको यस्तो अवधारणालाई प्रोत्साहन गर्छ ।

यो वर्तमान तथा भविष्यमा आउने पिँढीको आवश्यकता तथा इच्छालाई पूरा गर्न सकेमा यस किसिमको विकासको अवधारणाले प्रकृति–मनुष्य र मनुष्य–मनुष्यबीचको सिर्जनात्मक सम्बन्ध तथा दुवैको परस्पर अन्तत्र्रिmयामा सम्मान तथा सहयोग गर्छ । यस अवधारणा हामीलाई औद्योगिकीकरण, मेसिनीकरण, सहरीकरण जस्तो विचारमा पुनर्विचार गर्न बाध्य बनाउँछ । यसको अर्थ पछाडि फर्किने होइन, बरु वर्तमान जीवन दृष्टि, जीवनस्तर तथा मूल्यलाई प्रकृतिको साथ जोड्नुपर्छ । दिगो विकास गर्ने क्रममा निम्न कुरालाई ध्यान दिन आवश्यक छ ।

प्रकृति तथा मानवबीचको नातालाई पुनरव्याख्या गर्नु आवश्यक छ । मानवतालाई प्रकृतिप्रति जिम्मेवारीको प्रत्याभूति गराउनुपर्छ । विकासको विभिन्न साझेदारीका बीच परस्पर  संवाद तथा निर्णय प्रक्रियामा भागिदारी गराउनुपर्छ । यस्तो उत्पादनको व्यवस्था जो वातावरणलाई एकात्मक तथा पुनरुत्पादन क्षमतालाई हानि नपु¥याओस् । आर्थिक वृद्धिमा प्रकृतिको पुनरुत्पादन क्षमता एवम् संशाधन सीमितताको दृष्टिले पुनः विचार गर्नुपर्छ । विकास गर्ने क्रममा सामाजिक समताको प्राप्ति हुनुपर्छ । यसमा सबै स्तरबाट सबै कुराको विविधताको  सम्मान, विकासमा सबै नागरिकलाई साझेदारी तथा प्रकृतिको साथ सौहाद्र एवम् शान्तिपूर्ण सह–अस्तित्व सामेल गर्नुपर्छ ।

विकास गर्दै जाँदा आर्थिक विकासमा पर्यावरणीय तथा समग्रतामूलक चिन्तन समावेश गर्नुपर्छ । यसले के दर्साउँछ भने प्रकृतिको विनाश गरेर गरिने विकास उपर्युक्त छैन । मानव अस्तित्वको लागि पनि चिन्ताजनक हो । यसकारण प्राकृतिक संसाधनलाई उचित संरक्षण एवम् प्रवद्र्धन गर्नमा जोड दिनुपर्छ । विकास गर्ने क्रममा हामीले विकास प्रक्रियाको नीति निर्माणमा सबै मानवलाई यस्तो जीवन स्तर उपलब्ध गराउनुपर्छ, जो समानता तथा न्यायमा आधाररित हुन्छ । विकासको यस्तो अवधारणा जो प्रकृतिको पुनः उत्पादन क्षमताको सम्मान गरोस् ।

दिगो विकासको रणनीति:
प्रभावशाली नीति निर्माणमा नागरिकको सहभागितामूलक राजनीतिक व्यवस्था हुनुपर्छ । आत्मनिर्भर एवम् टिकाउ आधारशिलाको टिकाउ विकास गर्ने खालको अर्थव्यवस्था हुनुपर्छ । वातावरणको सम्मान गर्ने, उत्पादन व्यवस्था, व्यापार र आर्थिक व्यवस्था टिकाउ तरिकाको प्रोत्साहित गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था, लचिलो र बदलावको इच्छुक प्रशासनिक व्यवस्था, आर्थिक व्यवस्थालाई यस्तो दिशामा मोड्नुपर्छ । यसले आम मानिसको आवश्यकता पूरा होस् । आम नागरिकहरूको अति आवश्यक आवश्यकताहरू गास, बास, कपास, स्वास्थ्य, शिक्षा अनिवार्य रूपले प्राप्त गरून् । ऊर्जाको नवीन टिकाउ स्रोतहरूको विकास गर्ने, जसले वर्तमान सीमित संसाधनमा दबाब कम होस् । निर्णय प्रक्रियामा वातावरण एवम् विकासमा एकसाथ विचार गर्नुपर्छ ।

हामीले विकसित भइसकेका र विकसित भइरहेका देशबाट पाठ सिक्नु जरूरी छ । यस किसिमको विकास मोडेलमा जाँदा यसले समृद्धि त बनाउँछ तर विश्वकै वातावरणमा अतुलनीय क्षति पु¥याउँछ  । अतः प्रकृतिको धनी तथा सम्पूर्ण स्रोत साधनले भरिएको नेपाललाई प्राकृतिक रूपले विकास र समृद्धि बनाएर विश्वसमक्ष एउटा नमुना प्रस्तुत गर्न सक्छौं ।

source : ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *