Bhim Dahal—
दार्जीलिङ पहाडको बासभूमिको मागमा भएको ५० वर्षभन्दा लामो समय अघिदेखिको मागको आन्दोलनमा १३०० भन्दा ज्यादा ज्यान गएको छ । गोर्खाहरुले भारतभूमिको सेवा र सुरक्षामा अरुभन्दा धेरै बलिदान दिएका छ्न् । भारतीय स्वतन्त्रता संग्राममा गोर्खाहरुको योगदान अविष्मरणीय छ । धेरै देशका लागि फाँसी चढे । स्वतन्त्रता संग्राममा पक्रा पर्ने वीर गोर्खाहरु सेलुलर जेलमा पनि परे र कति त्यतै सहिद भए । र, अरु सबै राज्यहरु भाषाको आधारमा गठन हुँदा गोर्खाल्यान्ड पनि पहिले नै अरु राज्यहरुसितै राज्य गठित हुनुपर्ने हो । शातिपूर्ण जुलुसमाथि गोलि प्रहार गर्नु बर्बरता र अमानुषिक दमन हो ।
दार्जीलिङ पहाडको गोर्खाल्यान्ड छुट्टै राज्यको माग संविधानसम्मत माग हो । यस मागलाई एसडीएफ पार्टी समर्थन गर्दछ ।
#स्रोत- फेसबुकबाट