Best Online News From Nepal

‘दसैंं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’

न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा मोबइल महोत्सव सुरु भएको छ । ‘दसैंं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दाउ पहार नै उपहार’ योजना अनुरुप मेल सुरु गरिएको हो । ताम्राकार मोबाइल बजारले मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिव गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताउनुभयो ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको बताउँदै मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले मोबाइल बजारमा दसैंंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि उपभोक्ताले पाउने जानकारी दिनुभयो ।

मेलामा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायत सबै ब्राण्डका मोबाइलफोनको कारोबार हुनेछ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने सुजुकीको एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकै गरिने छ । एउटा मोटरसाइकल भने दसैं अगडिनै लक्की ड्र मार्फत वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *