Best Online News From Nepal

दशैं सबै नेपाली काे साझा संस्कृति-मुकुन्द शरण उपाध्याय

मुकुन्द शरण उपाध्याय
मुकुन्द शरण उपाध्याय

१ अब दशैं किन सबै नेपाली काे साझा संस्कृति ? एस विषय मा केही चिन्तन गराैं । हाम्राे दशैं सनातन संस्कृति हाे । सनातन भनेकाे अप्रायाेजित रूप ले स्वतः उपस्थित भएकाे संस्कृति भन्ने नै
हाे । एसर्थ जसरी घाम र पानी, मायाँ र प्रेम मा जात र समुदाय काे भेद हुँदैन तेसरी नै सनातन संस्कृति मा पनि भेद हुँदैन । दशैं पनि तेही सनातन संस्कृति काे अंग भएकाे ले दशैं पर्व का निम्ति पनि जाति वा समुदाय काे कुनै सम्बन्ध छैन ।

२ दशैं काे उत्पत्ति सँग दुर्गा भवानी र राम काे कथा पनि जाेडिन्छ तापनि यी प्रसंग पछि मात्र गाँसिन अाएका हुन्, पृथ्वीनारायण काे विजय यात्रा पनि पछि मिसिएकाे हाे । शिवाजी काे कथा पनि पछि नै मिसिएकाे हाे । मूल मा याे पर्व केवल मानवीय प्राकृतिक कारण बाट मात्र स्थापित भएकाे हाे । भगवती दुर्गा, श्रीराम वा पृथ्वीनायण काे कथा असत्य हैनन् तर यी कथाहरु दशैं परम्परा मा धेरै पछि मिसिएका हुन् । तर दशैं काे उदय धेरै अघि नेपाल मा भएकाे हाे र यहीं बाट याे विश्व मा क्रमशः फैलिएकाे हाे ।

३ नेपाल हिमवत्खण्ड अर्थात् हिमाल, पहाड र तराई भएकाे भूभाग हाे । गर्मी माैसम मा हिमाल काे हिउँ पग्लन्छ र समुद्र बाट पानी काे बाफ उठ्छ र बादल का रूप मा अाकाश मा मडारिँदै उत्तर तर्फ लाग्छ । जब त्याे बादल हिमाल मा ठाेकिन्छ जलवर्षा शुरु हुन्छ । जलवर्षा का कारण खाेला नाला बढ्छन्, बाढी अाउँछ । पहाड काे माटाे पग्लन थाल्छ र पहिराे जान्छ । तराई बाढी ले जलाम्मे बन्छ मानिस हिँड्ने बाटाघाटा पनि बग्न थाल्छन् र यातायात बन्द हुन्छ। एस घटना ले अाफन्त मा परस्पर काे सम्बन्न्ध छिन्न भिन्न बन्छ ।

४ प्राचीन काल मा जुन बेला विकास काे प्रारम्भ नै भएकाे थिएन, तेस बेला पूर्वाेक्त प्रकार ले खाेला नाला बढे पछि तर्ने साधन थिएनन् । वेगशाली पहाडी नदी पार गर्ने कुनै उपाय थिएन । वर्षा शुरू हुना साथ गाउँ गाउँ काे सम्बन्ध खलबलिन्थ्याे । बिहे गरेर टाढा टाढा पुगेका छाेरी र उनका सन्तान काे खबर पाउन मुश्किल पर्थ्याे । छाेरी काे परिवार माता पिता काे चिन्ता ले भुटभुटिएकाे छ, माता पिताहरु छाेरी काे परिवार सम्झेर छटपटिएका छन् । मामाघर गएकाे छाेराे फर्केर अाएकाे छैन, लिन जाने उपाय छैन, फाेन पनि छैन । कस्ताे समस्या !

५ एस्ताे भयावह अवस्था मा सबै तिर कहिले वर्षात सकिएला र अाफन्त लाई भेट्न पाइएला भन्ने व्याकुलता हुनु स्वाभाविकै हाे । तेही व्याकुलता का बीच जब वर्षात टुंगिन्छ र शरद ऋतु काे अागमन हुन्छ वातावरणै फेरिन्छ । भलबाढी शान्त हुन्छ । खाेला नाला सङला हुन्छन् र तर्न सकिने बन्छन् । पहिराे ले पुरिएका बाटा काे हीलाे अाेवाउँछ । अाकाश मा जून तारा जगमगाउँछन् । धरती मा शयपत्री र गाेदावरी ले झकिझकाउ पार्छन् ।

६ मानव जाति चाहे जुनसुकै समुदाय काे हाेस् सब मा शरदागमन काे उल्लास छाउन थाल्छ । एही खुशियाली मा छाेरीहरु बूढा भएका माता पिता काे दर्शन गर्न माइत तिर दाैडन्छन् । हजूर बा हजूर अामा लाई भेट्न नाती र नातिनीहरु पनि धाउँछन् । जतासुकै मित्रमिलन शुरू हुन्छ । सबै तिर उल्लास छाउँछ । तेही खुशियाली मा घर घर मा अनेक थरी मेवा मिष्ठान्न काे रमझम हुन्छ । याे नै दशैं काे उत्पत्ति काे मुख्य कारण हाे । एसै प्राकृतिक धर्म भनिन्छ ।

७ अब प्रश्न उठ्छ के बुवा अामा काे मायाँ र फिक्री गर्नु लाई पनि कुनै जाति काे मात्र पेवा ठान्न मिल्ला ? के वर्षा र बाढी काे पीडा लाई कुनै समुदाय मा मात्र सीमित पीडा भन्न हाेला ? मानवीय स‌वेदना लाई पनि विवाद सँग जाेड्न सुहाउला ? के ऋतुपरिवर्तन काे प्रभाव लाई जातिगत बनाएर व्याख्या गर्नु न्यायसंगत हाेला ? इत्यादि ।

(एक वर्ष अघि व्यक्त विचार काे शब्दान्तरण का साथ पुनः प्रस्तुति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *