Best Online News From Nepal

दरबार हाईस्कूल ईतिहास

16665302_600094503530389_8304887388858820164_o

============
हाम्रो देशको इतिहासका विभिन्न युगमा विक्रमशीला विद्यापीठका अध्यापक भएका रत्नकिर्ति, वैरोचन, कनकश्री, द्वारपाल पण्डितसम्म र वागीश्वरकिर्ति, देशविदेशबाट आएका विद्वानहरुलाई सन्तुष्ट पार्ने धर्ममति, दुस्खोर्पा, धान चुपा, यहाँको स्तरीय बौद्धिक वातावरणबाट प्रभावित भई त्यहीँ बसोबास गर्ने सुनमश्री मिश्र आदि दिग्गज विद्वानहरु नेपालमा जन्मिएका थिए | हामीहरुले अतीतका गौरवगाथा जति गाएपनि राणायुग प्रारम्भ भएको बेलासम्म अर्थात् सं. १९१० सालसम्म पनि देशमा नियमित अंग्रेजी शिक्षाको आलोक प्रदान गर्ने कुनै विद्यालय थिएन | सं. १८७१-७२ को नेपाल-अंग्रेज युद्धको लगत्तैपछिदेखि यूरोपेलीहरुसितको सर्म्पर्क दिनानुदिन बढ्दै गएपछि शासनसत्तामा रहेका पदाधिकारीहरुको निमित्त खुँडा, खुकुरी चलाउनमात्र सिपालु भएर नपुग्ने भैसकेको थियो | भूगोल, इतिहास आदि विषयको साथै अंग्रजी भाषाको ज्ञान, कूटनीतिका रहस्य, राजनीतिका चालबाजी पनि सिक्न अनिवार्य ठानिन थाल्यो । मुख्तियार जङ्गबहादुर बेलायत भ्रमण सं. १९०६ मा गई १९०७ मा फर्केदेखि उनको विचारधारा परिवर्तन हुन पुगेको थियो भने त्यहाँबाट र्फकने वित्तिकै उनले “मिनिष्टर” पदवी लिन पुगेका थिए | जंगबहादुरले स्कूल पहिलोपल्ट बेलायतमा देखेका थिए । त्यसैले उनले नेपालमा खोलिने स्कूलको संचालन गर्न र अंग्रजीभाषा सिकाउन एकजना अंग्रजी शिक्षक बेलायतदेखि मगाएर भर्ना गरे | केन्निङ नाउँ भएका यी अंग्रेज शिक्षक नै यस स्कूलको प्रथम प्रधान-अध्यापक भए | यस स्कूलको सञ्चालन र सुपरिवेक्षण गर्ने जिम्मा श्री रोज (Mr. Ross) लाई दिएको थियो | वि. सं. १९१५ मा शिक्षा निर्देशकको कार्यालय, शिक्षा विभाग खडा गरि जंगबहादुरले आफ्ना माईला भाई जनरल बवर जंगलाई र्डाईरेक्टर नियुक्त गरेका थिए | बवरजंगको पालामा दरबार स्कूल प्रारम्भिक तहबाट मिडिल (निम्न माध्यमिक) स्कूल भयो |

दरवार हाईस्कूलमा प्रारम्भमा कक्षाहरु छुट्याइएका थिएनन् । विद्यार्थीहरुको वैयक्तिक योग्यतानुसार विद्यार्थीहरुलाई अंग्रजी, गणित, इतिहास पढाइन्थे । त्यसताका यस स्कूलमा पढ्ने विद्यार्थीहरुमा जङ्गबहादुरका छोरा भतिजाहरु थिए जसमध्ये उनका भाइ धीरशमशेरका छोराहरुकै संख्या बढी थियो | त्यसैले धीरशमशेरले यस स्कूलमा विशेष अभिरुचि लिएका थिए | केही समयपछि यो स्कूल थापाथलीबाट चारबुर्जा (हाल होटल रोयल, राजपरिषद्को कार्यालय रहेको भवन) दरबारमा सारियो । त्यहाँबाट पनि यो स्कूलसँगै रहेको धीरशमशेरको निवासस्थान जमल, नारायणहिटी दरवारक्यम्पभित्र सानु चोक बैठकमा सर्‍यो र त्यहीँ कक्षा दशसम्मको पढाइ पनि चालू गरियो । सं. १९४२ सालमा जेठा बाबु रणोद्दीपसिंहको हत्या गरी श्री ३ महाराज बनेका वीरशमशेरले यस स्कूललाई जमल स्थित दरबारको ढोकानिरका टहरामा सारे र यस स्कूलको लागि एउटा सुहाउँदो भवन बनाउन लगाए । रानीपोखरीको पश्चिमपट्टिको सडकछेउमा एउटा ठूलो, लामो भवन बन्यो । सं. १९४८ सालमा यस भवनको निर्माणकार्य सम्पन्न भएपछि यो स्कूलले बल्ल आफ्नै भवनमा बस्न पायो । त्यस बेलादेखि यो स्कूल आजसम्म यसै भवनमा अवस्थित रहिआएको छ । यो भवन राजधानीको असनबजार देखि बाहिर टुँडिखेल, रानीपोखरीको छेउ खुला, शोभायमान र महत्वपूर्ण थलोमा अवस्थित छ ।

२०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो । श्री ३ रणोद्दीपसिंहको शासनकालमा धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा यस स्कूलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसित गाँसियो । यस कामप्रति तत्कालीन प्रधान-अध्यापक केदारनाथ चर्टर्जीको पनि उल्लेखनीय योगदान थियो । इ. १८८० सालमा कलकत्तामा एन्टे्रस परीक्षा दिन जाने परीक्षार्थीहरुको टोलीमा धीरशमशेरका माहिला छोरा खड्ग शमशेर पनि थिए । उनी परीक्षामा उत्तिर्ण त हुन सकेनन् तरपनि पहिलो नेपालीटोलीमा परेका राणापरिवारको विद्यार्थी भएकाले उनलाई तत्कालीन भाइसराय लर्ड रिपनबाट तक्मा पनि प्रदान गरिएको थियो । एन्ट्रेन्स परीक्षा पास गर्ने प्रथम राणा विद्यार्थी थिए धीरशमशेरकै अर्का छोरा चन्द्रशमशेर । त्यस प्रारम्भिक कालमा उत्तीर्ण भएका अरु केही विद्यार्थीहरु श्रीनिवास गिरी, केदारनरसिंह राणा, बलवानसिंह प्रधान,अष्टमान राजभण्डारी आदि थिए । यसरी कलकत्ता विश्वबिद्यालयमा एन्टे्रन्स परीक्षा दिन जाने क्रम सं. १९७४ र्(इ. १९१७) सम्म चालू रह्यो । नेपाल सरकारले एन्टे्रन्स परीक्षाको एउटा केन्द्र काठमाडौंमा नै खोल्न कलकत्ता विश्वविद्यालयसित माग गर्‍यो तर त्यसो गर्न कलकत्ताविश्वविद्यालय सहमत भएन । त्यसपछि नेपाल सरकारले पटना विश्वविद्यालयसित सम्बन्ध जोड्यो । त्यस विश्वविद्यालयले यथासमयमा काठमाडौंमा परीक्षाकेन्द्र खोल्न र यहाँ खोलिने भएको त्रिचन्द्र कलेजलाई आफ्नै एउटा एकाइको रुपमा समेत स्वीकृति प्रदान गर्‍यो । तदनुसार यसै स्कूलबाट “सेन्ट-अप्” भएका विद्यार्थीहरु पटना विश्वविद्यालयको “म्याटि्रकुलेशन परीक्षा” मा सम्मिलित हुन पटना जाने निधो गरे । यो क्रमर् इ. १९१८ (सं. १९७५) देखिर् इ. १९२८ (संं १९८४) सम्म चल्यो । सं. १९८५ र्(इ.१९२९) सालमा म्याटि्रकुलेशन परीक्षा केन्द्र काठमाडौंमा खोलियो । पटना विश्वविद्यालयबाट आएका सुपरिन्टेन्डेन्टले यहाँ परिक्षा सञ्चालन गर्दथे । यो क्रमर् इ. १९२८ (सं. १९८९) सालसम्म चालू रह्यो र्।र् इ. १९२९ (संं १९८९) सालमा पटना विश्वविद्यालयको पहिलोपल्ट काठमाडौंमा खोलिएको परीक्षा केन्द्रमा म्याटि्रकुलेशन परीक्षामा सरिक भएको विद्यार्थीटोलीमा रामप्रसाद मानन्धर इ. १९३० को टोलीमा प्रेमनरसिंह प्रधानर इ. १९३१ को टोलीमा सुर्य प्रसाद उपाध्याय इ. १९३२ को टोलीमा डिल्लीरमण रेग्मी इ. १९३३ को टोलीमा शेषराज दली आदि थिए ।
सं. १९५८ सालदेखि यसमा जनसाधारणका छोराहरुलाई पनि प्रवेश दिइएको छ । सं. १९८३ सालदेखि पहिला, दोस्रा, तेस्रा र चौथासम्म हुने विद्यार्थीहरुलाई किताबै पुरस्कार दिने प्रबन्ध गरियो । यसरी संं. १९४८ सालमा आयोजना गरिएको यस स्कूलको पुरस्कार वितरणोत्सवमा मोतीराम भट्टले दशौं कक्षामा प्रथम भएको पुरस्कार प्राप्त गरेका थिए ।सं. १९६०-६२ सालतिर शुक्रराज जोशी (शहीद) ले पनि यस स्कूलमा पढिरहेका थिए । सं. १९६२ सालमा उनी कक्षा पाँचमा पढिरहेको बेला उनलाई बाबु माधवराज जेल परेकाले जात पतित भयो भन्ने आधारमा तत्कालीन प्रधान-अध्यापक बटेकृष्ण-मित्रले स्कूलबाट निष्काशित गरे । अधिराज्यकै र्सवप्रथम स्थापित हाई स्कूल हुनु यस स्कूलको एउटा विशेषता हो । यसैले देशको शैक्षिक इतिहासमा यसको अग्रणी स्थान छ । यस स्कूलमा प्रारम्भिक अवधिमा पढ्ने विद्यार्थीहरु तत्कालीन शासक राणापरिवारका मात्र भएको नाताले यसका कतिपय विद्यार्थीहरु पछि आ-आफ्ना समयमा “श्री ३ महाराज” जस्तो देश र जनताको तत्कालीन भाग्य निर्णायक ओहदामा आसीन रहे । यस सर्न्दर्भमा वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेरका नाउँ उल्लेखनीय छन् । राणा श्री ३ महाराजहरु बाहेक सं. २००७ सालको परिवर्तनपछि प्रधानमन्त्री भएका व्यक्तिहरुमध्ये ज्येष्ठ राजनीतिज्ञ एवं नेपाल क्रान्तिका अग्रदूत – टंकप्रसाद आचार्य पनि यसै स्कूलका उपज विद्यार्थी थिए ।यस स्कूललाई आजको उन्नत स्थितिमा पुर्‍याउन प्रारम्भिक कालदेखि विशेषरुपले लगनशील भएका धीरशमशेर, श्री ३ वीरशमशेर, श्री ३ जुद्धशमशेर, शिक्षा विभागका निर्देशकहरु, समय समयमा कार्यभार सम्हालेका प्रधान-अध्यापकहरु ( केन्निङ्ग, ड्रमण्ड, केदारनाथ चर्टर्जी, जदुनाथ मजमदार, बटेकृष्ण मैत्री, शारदाप्रसाद मुखर्जी, रुद्रराज पाण्डे, बोधविक्रम अधिकारी, अमरेन्द्रनाथ, तुलसी प्रसाद ढुङ्गाना, (का.मु.) तिर्थप्रसाद प्रधान, चन्द्रदेव ओझा, इन्द्रप्रसाद काफ्ले ,पूर्णरत्न शाक्य, मुकुन्दपाणि गौतम, सुवर्ण शाक्य, मेघराज खड्का, रामराज कुँवर शिक्षकहरु, संचालक समितिका अध्यक्ष र सदस्यहरु, अभिभावकहरु, एस.एल.सी. परीक्षामा उत्कृष्ट परिणाम निकालेर र अन्य क्षेत्रमा प्रसंशनीय सेवा गरेर स्कूलको गौरव बढाउने विद्यार्थीहरु योगदान र सद्भावनाको सम्झना पनि यस स्कूलले सदैव कृतज्ञताका साथ गर्दै आएको र गरिनैरहनेछ । साभार -दरवार हाईस्कूलबाटै

Leave a Reply

Your email address will not be published. Required fields are marked *