Best Online News From Nepal

थरिथरिका गठबन्धन र निर्विकल्प बाटो

नुम नाथ प्याकुरेल—

 

देश निर्माणका योजना न तथाकथित बाम गठबन्धनमा छन्, न स्वघोषित लोकतान्त्रिक गठबन्धनमा छन्। छन् त भागबन्डाका चिल्ला राजमार्ग, सिन्डिकेटका फराकिला धावन मार्ग, भ्रष्टचारका विशाल नदी तथा वेइमानका ठुला तलाउ। राष्ट्र विकासका, जिवनस्तर उकास्ने, मौलिकताको सम्रक्षण गर्ने, राष्ट्रको पहिचान, माटोको मुल्य, धर्मको विवेक यदि नेत्रित्वले सम्झेको भए तामा, गर्मेट, गलैचा, पस्मिना, जडिवुटि, खाधान्न लगायतका वस्तु तथा शेवा निर्यात गर्ने देश आज साग, अचार, मासु, माछ तथा दुध जन्य वास्तु समेत आयात गर्ने निर्धन स्थितिमा पुग्दैनथ्यो।

आरोप प्रत्यारोप गरेर आत्मरती लिनेकी, जिम्वेवारि सम्झेर अग्रसर बन्ने, रोजाई आआफ्नो हो। कुहिराको काग झैं दलका नेतृत्वले जसोजसो भने उसोउसो स्वाहा गरेर अन्तर पार्टीका आवधारण तथा सिद्वान्त निषेध गर्ने की, न्युनतम साझा एजेन्डा बनाएर देशलाई अग्रणी तुल्याउन दलिय संकृणता त्याग्ने, रोजाई आआफ्नो हो। अन्यत्रका राम्रा अभ्यास खोजेर देशलाई विधर्मि अवधारणा तथा प्रतिमानको डंगुर थोपर्ने कि, आफ्नो सभ्यतामा स्वधर्मी अवधारण तथा प्रतिमान खोज्ने, रोजाई आआफ्नो। विकासको मापक पश्चिमी प्रतिमान कम्यूनिष्ट-पुजिवाद स्विकार्नेकि, स्वदेशी सहृदयी सामाजिक तथा आर्थिक अवधारणा स्विकार्ने, रोजाई आआफ्नो हो। यो अथवा त्यो पद्धती भन्दै धेरै असफल र प्रतिउत्पादक सिद्वान्त तथा अवधारणाको परिक्षण गरेर देशलाई निर्धन, परनिर्भर, गतिहिन, अन्योल तथा अस्थिरताको भुँवरिमा धकेल्ने कि आफ्नो गौरवशाली शभ्यतामा अभ्यास गरिएका थुप्रै उत्कृष्ट पद्वतिहरुको अनुशंधान गरेर देशलाई वर्तमानको राजनीतिक घनचक्कर बाट पार लगाउने, रोजाई आआफ्नो। किकर्त्यमुढ तथा अकर्मण्यताको दुस्चक्रमा देशलाई अन्त्यहिन नियन्तृति संक्रमणकालमा धकेल्ने की, बिज्ञानको बुद्धी, प्रविधिको प्रगती, धर्मको विवेक तथा सहृदयताको संवन्धको रचनात्मक प्रयोग बाट देशलाई कहालिलाग्दो नियन्त्रित संक्रमणकाल बाट उकासी देशलाई तत्कालका बिकसीत राष्ट्रको हाराहारिमा पुर्याउने र अन्ततोगत्वा देशलाई वौश्विक केन्द्र वनाउने, रोजाई आआफ्नो। घृणा र हिंसामा आधारित राष्ट्रराज्य स्विकार्ने कि, प्रेम र सहृदयतामा आधारित राज्यराष्ट्र स्विकार्ने रोजाइ आआफ्नो।

यूरोपियन राष्ट्रराज्यवाद, समाजवाद, साम्यवाद, उदारवाद, पुजिवाद, राष्ट्रराज्यवाद, लगायतका जुनसुकै वाद वर्तमान मुलधारका कथित लोकतान्त्रिक तथा परिधिका स्वघोषित पहिचान वादी राजनीतिक दलहरुले जतिसुकै जे सुकै भनुन्, तिनकको प्रयोगको दुर्भाग्य हामि भोगिरहेका छौं। भिरवाट खस्ने गोरुलाई रामराम भन्न सकिन्छ तर कांधथाप्न सकिदैन। राज्यराष्ट्रवाद, प्रेम, सद्भाव, सहिष्णुता, मैत्रि, करुणा तथा सहृदयताको मार्ग बाट मात्रै यो देशलाई वर्तमान नियन्त्रित संक्रमणकालको दुस्चक्रवाट पार पाउने आत्मविश्वासका साथ सर्वसाधारण जनतालाई कसको जरो (मुल) काहाँ, कसको किलो (केन्द्र) कहाँ खोजेर आफ्नो जरो र किलो यहि मुलुकमा राखि प्रतेक नेपाली जनलाई अनुशंधान, उधमशिलता तथा विकासको मार्गमा आव्हान गरिएको छ। त्यो नै सत्यको मार्ग, मोक्ष्यको मार्ग तथा सम्बृद्धिको मार्ग हो।

कम्युनिष्ट-पुजिवादको राजनीतिक ब्यापार फस्टाएको बर्तमान परिप्रेक्षमा, याहि मुलुकमा जरो र किलो राखि मौलिक रैथाने विधी, पद्वति तथा प्रतिमान संस्थागत गर्न गरिएको आव्हान यतिन्जेल बसेर बोलेको मानिसले छलेर र उठेर बोलेको हावाले उडाएर लक्षित बर्गसम्म नपुगेको निस्चित हो। राष्ट्रिय महत्वका यि दुई निर्वाचन पश्चात जित्नेको आडम्बर, हार्नेको नैरास्यता तथा आम सर्वसाधारणको पस्चातापको पर्दा खुल्ने र शत्यता बोध हुने निश्चित छ। आफ्नै डमरुलाई खाने बाघ, घात पारेर शिकार गर्ने ब्वाँसा र बकुल्ला, सिनो लुछ्ने स्याल र गिद्ध, कृतघ्न लोभी बिरालो, चल्लाचोर चिल, यी सबैको बरु कुनै मूल्य, मान्यता, नैतिकता होला तर नेपालमा प्रचलनमा रहेको कपु तन्त्रको कुनै मूल्य, मान्यता, नैतिकता देखिएन। संस्कृतमा कहावत छनि नि, एक लज्जाम परित्यज्य सर्वत्र विजयी भवेत्”, हो अहिले त्यस्तै पारा भईरहेको छ, कैले सम्म यस्तो हुन दिइरहने? शब्दजाल र प्रलोभनको भ्रम चिरेर सत्य वोध हुना साथ, वर्तमानका कपु नेतृत्व अपराधी, ब्यभिचारी, भ्रष्ट नजर आउने छन्। यि आयातित, निर्लज्ल, बिधर्मि अवधारणा तथा सिद्वान्तको विकल्प हैन निर्बिकल्प सिद्धान्त, अवधारणा, मान्यता, मुल्य आवस्यकता महशुस हुनेछ।

ब्यभिचारी, भ्रष्ट तथा निर्लज्ज राजनीतिक व्यवस्थाको आडमा आफु अकुत भौतिक सम्पती आर्जन गर्ने, दलिय सिन्डिकेट र भागवन्डामा राज्यका श्रोत, साधन तथा शुविधा दामासाही गर्ने। राजनीतिक सिद्धान्त, अवधारणा, प्रतिमान, बिकासको मापक चाहिँ विदेशी विधर्मी चाहिने। निर्वाचनका दौरानमा युवा स्वदेश फर्क भन्नू चाहिँ साँच्चै स्वर्ग पुग्ने प्रलोभनमा, सबै भौतिक तथा सांसारिक आकृषण बिर्षिएर भक्तिभाव लगाएर भजन गाउनु सरह हो| तिनलाई विदेशिन बाध्य पारेको कसले हो? देशमा भ्रष्टचारको संस्थागत विकास कसले गरेको हो? दन्डहिनता र राज्यहिनताको स्थीति कसले शृजना गरेको हो? बैदेशीक लगानि, वित्तिय तथा प्राविधिक सहयोगमा निर्माण गरिएका संस्थान तथा कम्पनिहरु कौडिको  भाउमा बेचेर कसले खाएको हो? उदारवादका नाममा शिक्षा, स्वास्थ्य तथा शेवाका क्षेत्रमा निजिकरण कसले गरेको हो? माटो, देश, शभ्यता, संस्कृति तथा शभ्यतालाई धिक्कारदै, स्वार्थ, आर्थिक निर्धारणवाद तथा परजिवि संस्कार र सस्कृति संस्थागत गर्ने विधि र पद्वति कसले निर्माण गर्यो? लोकतन्त्र संस्थागत गर्न लोकतन्त्रकै उपहास गरेर महिनौ संसद तथा संसदिय प्रणाली अवरोध गर्ने को हो? आफ्नो अनुकुलतामा चुप लाग्ने तर प्रतिकुलतामा तीन वित्ता उफ्रेर आफ्ना संकृण माग पुरागर्न देशमा नेपाल बन्द, चक्काजाम, धर्ना, अवरोध, सार्वजनिक सवारिमा आगजनि, भौतिक सम्पतीको क्ष्यती, निषेध तथा घृणाको संस्थागत विकास कसले गरेको हो? घृणाको राजनीतिलाई गुणात्मक बिकास गर्दै पराईको इसारमा राष्ट्रले अपेक्षा राखेका मानिसहरु लाई षडयन्त्रपुर्ण ढंगले मार्ने तर तिनको हत्यारा पत्तालगाई कानुनि शसनको प्रत्याभुति नगरेर, चुनावि एजेन्डा बनाएर आफ्ना बैचारिक दुस्मन प्रति घृणा र प्रतिशोध ओकल्ने को हो? एउटै अपराधमा राजनीतिक पहुँच पुगेकालाई माफि र प्रायस्चित गर्न राष्ट्रिय प्रतिनिधीमण्डलमा सरकारी खर्चमा विदेश सयर गराउने तर राजनीतिक पहँच नपुगेकालाई जेलको चिसो कालकोठरिमा बन्द गरि प्रतिशोधपुर्ण तथा अन्याय र शोषणको निर्लज्जता प्रस्तुत गर्ने को हो? के यि र यस्ता प्रश्नको उत्तर दिन जरुरी छैन? यो देशको बिकास, विदेशी, आयातित, विधर्मी, राष्ट्रराज्यवाद, द्वन्द्वात्मक भौतिकवाद, समाजवाद, उदारवाद, पुंजिवाद वाट कुनै पनि हालतमा हुदैन| देश बिकासका मौलिक सिद्धान्त राज्यराष्ट्रवाद, सहृदय अर्थतन्त्र, सुसंस्कारवाद, अनुसंधान, उधमशिलता र विकास नेपाली मोडेल र सनातन वैदिक सभ्यतामा खोज गरिनु पर्दछ||

देशको, समाजको, विश्वको नेतृत्त्व गर्ने व्यक्ति, संस्था, अभियान जहिले पनि अग्रणी, अग्रगामी, प्रगतिशील हुनै पर्छ। त्यसो भएन भने देशमा, समाजमा, विश्वमा प्रगति, विकास, सुव्यवस्था हुन सक्दैन। “स्थिति” र “गति” को समुचित सामञ्जस्य, सन्तुलन, व्यवस्थापन जस्ले गर्न सक्छ, जोसँग स्थितिगत्यात्मक सिद्धान्त छ, जसले गतिशिलतालाई स्विकार्दछ। जसले घृणा र प्रतिशोधको आधार राष्ट्रराज्यवाद तथा कम्यूनिष्ट-पुजीवाद त्यगि सनातन वैदिककाल देखि अखण्ड प्रचलनमा स्थापित तथा संस्कारगत मौलिक पहिचानको राज्यराष्ट्रवाद तथा सहृदयतापुर्ण अर्थराजनीति अभिनिर्माण एवंम अवलम्वनगरि, विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक, सहृदयताको सम्बन्धको (आधारशिला चतुष्टय) व्यवहारगत स्विकारोक्ति तथा अभ्यास गर्न सकेकै कारण स्थितिगत्यात्मकता आत्मसात् गर्न सकिने भएकाले र त्यसको सैद्वन्तित तथा प्राविधिक तयारि पुरा गरि जरो र किलो महाअभियानको आव्हान गरिएका कारण जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति अग्रणी, अग्रगामी, प्रगतिशील, युगान्तकारी तथा युग प्रवर्धनकारी बन्ने निश्चित छ।

समयको गतिशिलतालाई नस्विकार्ने, घृणा तथा हिंसामा आधारित, आयातित, विधर्मि तथा प्रतिउत्पादक अवधारण तथा सिद्वन्तको पटकपटकको असफल अभ्यास देखिरहेका छौं। नेपाली काँग्रेसको आर्थिक क्षेत्रमा समाजवाद तथा सामाजिक व्यवहारमा उदारवादी पूँजीवाद र नेपाल कम्युनिष्ट पार्टि एकिकृत मार्क्सवादि लेनिनवादीको राजनीतिक परिप्रेक्ष्यमा बहुदलीय जनवाद र आर्थीक व्यवहारमा उदारवादी पुजिवाद सोचले वर्तमान नेपालका बहुसंख्यक जनतालाई लोभ्याएको यथार्त हो। सामाजिक र राजनीतिक जिवनमा परिस्थीतिजन्य लाभको बिश्लेषण गर्न प्रयोग गरिएका शव्दजालको भ्रममा सर्वसाधारण तथा तथाकथित वौदिक समुदायको भ्रम चिर्न पनि यहि कम्युनिष्ट-पूजिवादको गोलमटोल अवस्थालाई जनाउने गरी तिनलाई “कपू” संज्ञा प्रयोग गर्नु सान्धर्विक नै हुन्छ। अर्थात्, आजको नेपाल कपू-तन्त्रको कब्जामा छ भन्ने यथार्थ हामीले बुझ्नै पर्छ।

जबसम्म नेपालमा कपू-तन्त्रको हालीमुहाली कायमै रहन्छ, तबसम्म शासनसत्तामा कुनै एउटा वा अर्को व्यक्ति, समूह, दल (पार्टी), गठबन्धन आउनु र जानुले केही तात्त्विक फरक पर्नेवाला छैन। नेपाललाई कपू-तन्त्रबाट उम्काएर र देशको शासनतन्त्र, अर्थतन्त्र, शिक्षातन्त्र, समाजतन्त्र, संस्कृतितन्त्र आदिमा मौलिक रैथाने प्रतिमानको प्रभुत्त्व हुन सकेको अवस्थामा मात्र यो देशलाई अग्रगमन, प्रगति, विकासको बाटोमा अग्रणी बनाउन सकिन्छ।

समाधानका एक हैन विविध उपाय छन्। खासमा चाहिने चाहिँ सामाजिक तथा सांस्कृतिक सापेक्ष राजनीतिक तथा आर्थिक सिद्वान्त तथा अवधारणा हुन्। देश गणतान्त्रिक अवस्थामा गएको स्थीतिमा बलजफत राजतन्त्र विकल्प देख्नु सरासर गलत र दिर्धकालिन द्वन्द्वमा देशलाई धकेलेर, वर्तमान कम्युनिष्ट-पूजिवादको कुरुप प्रयोगवाट बदनामि कामाएका घृणा तथा प्रतिशोधवादी गुट तथा झुन्डका नाईकेहरुको अपराध, भ्रष्टचार तथा व्यभीचारका प्रमाणहरु नष्ट गर्नु हो। धर्म निरपेक्षता राजनीतिक एजेन्डा थिएन, त्यसकारण त्यो फिर्ता हुनु पर्दछ। फिर्ता हुंदा, संकृण हिन्दु राष्ट्र हैन, वैदिक सनातन धर्म सापेक्ष राष्ट्र हुनुपर्दछ। राजनीतिक अथवा नागरकिक अधीकार र सांस्कृतिक अथवा धार्मिक अधीकार छुट्याएर दुबै स्वतन्त्र ढंगले राज्यको सम्रक्षणमा बिकसित गरिनु पर्दछ। वैदिक सनातन धर्म जसलाई हिन्दु पनि भनिन्छ तथा बौद्ध, किराँत, बोन, जैन लगायत यहि देशमा मुल र केन्द्र भएका प्रकृतिक धर्म हुन्। संवैधानिक राजतन्त्र या गणतन्त्र राजनीतिक एजेन्डा भएकाले त्यो जनमत संग्रहको बिषय हुन सक्दछ। सैद्धान्तिक आधारमा मुलधारका तथाकथित लोकतन्त्रवादी हुन् अथवा परिधिका स्वघोषित पहिचानवादी यि सबै युरोपियन कम्युनिस्ट-पुजिवाद कपु भएकाले समान हुन् र फरक साइनबोर्ड राखेर ब्यापारिक राजनीति गर्दैछन्।

नेपाल प्राचिन वैदिक काल देखि राज्यराष्ट्र हो। सडयन्त्र पुर्वक भित्राइएको राष्ट्रराज्य आत्मघाति हो र त्यो प्रमाणित हुदैछ। हामिले विकासको मापक युरोप र अमेरिकालाई मानेका छौं, सामाजिक र साँस्कृतिक मुल्य चटक्कै बिर्सिएर आर्थिक निर्धारणवादमा चुर्लुम्मै डुबेका छौं। शिक्षाको गुणस्तर युरोप, अमेरिका या अस्ट्रेलियाको भीसा लाग्नु ठानेका छौं। स्वास्थ्यको गुणस्तर महंगो शुल्क र पांचतारे होटलको सुविधा भएका अस्पतालमा ढाडसेक्ने गरिको शुल्क मानेका छै। समग्रम हामिले हाम्रो मुल र केन्द्र अर्को शब्दमा भन्दा जरो र किलो बिर्सेर बराल्लिएका छौं। समन्यात्मकता, सहिष्णुता, सहृदयता बिर्सेर, घृणा, हिंसा, प्रतिशोध लाई संस्थागत गरेका छौ। जुनदिन हामि हाम्रो मुल र केन्द्र खोजेर, तिनको जगेर्ना र बिकास गर्दैनै, यि र यस्ता षडयन्त्रको बिभिन्न स्वरुपमा सामना गर्दै रहनु पर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *