Best Online News From Nepal

तोलाको ५८ हजार ४ सयमा झर्यो सुनको भाउ, मंगलबारकै भाउमा चाँदी

बुधबार सुन सस्तिएको छ । मंगलबारको तुलनामा बुधबार नेपाली बजारमा सुन तोलाको ३ सय रुपैयाँका दरले सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावल सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार १ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । जबकी, मंगलबार छापावाल सुन तोलाको ५८ हजार ७ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ४ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।

सुन सस्तिए पनि बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलाको ८ सय ५५ रुपैयाँका दरले खरिदविक्रि भइरहेको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Source Businesssansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *