Best Online News From Nepal

तालवाराही मन्दिर समितिले वृद्धाश्रम बनाउने

 चैत २६ गते

सुन्दर नगरी पोखराको सौन्दर्यको रुपमा अनादिकाल देखि फेवातालको जलासयमा पवित्र श्री तालवारही माताको मन्दिर अवस्थित छ । यस्ता पुण्यक्षेत्रलाई निरन्तर रुपमा व्यवस्थित भइरहन सकोस भन्ने अभिप्रायले धेरै महत्वपुर्ण स्थानमा जग्गा गुठीको रुपमा रहेका छन । त्यस मध्ये फेवातालको वैदाम खहरेचोक माथी सिम्पानी पाखो तालवाराहीको गुठी जग्गामा एक आधुनिक वृद्धाश्रम बनाउने उद्देश्य राखी जग्गाको नापीनक्सा बमोजिम सिमाङकन गर्ने कार्य सम्पन्न भयो । तालवाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरको सक्रियतामा गुठी संस्थान केन्द्रीय कार्यलय काठमाण्डौमा समेत वृद्धाश्रमका लागि आवश्यक प्रक्रिया आरम्भ भै सकेको बुझिन आएको छ । जग्गाको सिमाङकन पश्चात तुरुन्त वृद्धाश्रम निर्माण थालनीका लागि मास्टर प्लान तयार गरी प्रकाशनमा ल्याउने र आवश्यक बजेट व्यवस्थापनको लागि योजना बनाउने र हालसम्म जग्गा उपभोग गरी आएका गुठीयारा समेतको सहभागिता र समस्त पोखरेली समाजसेवीको संलग्नतामा यस अभियानलाई द्रुत गतिमा अगि बढाउन आफु २०६७ सालबाटै लागि परेको अध्यक्ष कुँवरले बताउनु भयो । ९८४६०२४९३० अध्यक्ष कुँवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *