Best Online News From Nepal

डलरको भाउले ११० नाघ्यो

अमेरिकी डलरको भाउ मंगलबार ८ पैसाले बढेको छ । डलरको भाउ बढेसँगै नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा आजसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि अमेरिकी डलरको विनिमय दर ११० रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।  यसअघि, शुक्रबार १०९ रुपैयाँ ९६ पैसासम्म पुगेर अमेरिकी डलरको भाउ सामान्य आर्लिएको थियो ।

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैँयाँका आधारमा निर्धारण हुन्छ । १४ वर्षअघि सरकारले एकसय भारु बराबर एकसय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदाभन्दा बढी नोक्सान छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ । विदेशबाट आउने मोटर, मोवाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडालगायत सामान महँगो पर्ने छन् । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुन गई उपभोग्य वस्तुको मूल्य प्रभावित हुन्छ । त्यस्तै, डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ भने बजेट घाटा बढ्छ । सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनालाई समेत बढी पैसा तिर्नु पर्ने हुन्छ । विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *