Best Online News From Nepal

दरबार हत्याकाण्डमा मेरो कुनै सम्लग्नता छैन. सक्छौ भन्य छानविन गर- हिन्दु सम्राट ज्ञानेन्द्र। भिडियो सहित

 

प्रत्येक_वर्ष_राजा_वीरेन्द्रका_परिवारको_सम्पत्ति_खोजिने1106

 

माओवादीको आधिकारिक धारणा मानिएको त्यो लेखमा ‘दरबार हत्याकाण्ड अमेरिकी गुप्तचर संस्था सीआईए र भारतीय संस्था ‘रअ’ को योजनामा नेपाललाई भुटानीकरण हुँदै सिक्किमीकरणतर्फ लैजान राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाले ती संस्थाहरूको कठपुतलीको भूमिका खेलेको दाबी गरिएको थियो । त्यसको चार वर्षपछि कोइराला तिनै भट्टराई र दाहाल दुवैका ‘महान्’ नेता बन्न पुगेका थिए । त्यो आरोप रणनीतिक रूपमा दुवैको मस्तिष्क पटलबाट मेटिएको बहाना गर्नु दुवैको राजनीतिक बाध्यता थियो । भट्टराईद्वारा आरोपित कोइराला चोखिए र राजा ज्ञानेन्द्रलाई रणनीतिक रूपमा एक्ल्याउँदै गद्दीच्युत त गरियो नै, माओवादीले भन्ने गरेका ‘राजाका नोकर दलहरू’ र तिनका नेताले पनि माओवादीको त्यो अभिव्यक्तिमा ताली बजाउन थाले । माओवादी सशस्त्र विद्रोहको भौतिक कारबाहीको पहिलो निशाना बनेका नेपाली कांग्रस र एमालेसमेतले माओवादी एजेन्डा स्वीकार गर्ने, अर्कोतिर राजसंस्थालाई जनताको भूमिकाबिना समाप्त गर्ने तयारीमा लागेपछि एमाले र कांग्रेसलाई जनताले भन्दा बढी उनीहरूकै इतिहासले प्रश्न सोधिरहेको छ अहिले । उता विजयी मुद्रामा माओवादी नेतृत्व त्यही रणनीतिअन्तर्गत ज्ञानेन्द्रलाई सत्तोसराप गरिरहेको छ अझै पनि जबकि ज्ञानेन्द्रले दरबार छोड्दा दरबार हत्याकाण्डमा छानबिन गर्न दिएको चुनौतीलाई कुनै पनि सरकारले अहिलेसम्म स्विकारेका छैनन् । किनकि त्यस्ता छानबिन आयोगले भट्टराईलगायतसँग बृहत् षड्यन्त्रको पाटोबारे जवाफदेहीपूर्ण जानकारी माग्नुपर्ने हुन्छ । दाहालले बाबुरामकै भाषा नदोहोर्‍याए पनि राजा वीरेन्द्रसँग वार्ता हुने तयारी भइरहेको बेला दरबार हत्याकाण्ड भएको प्रसंग कोट्याएर त्यसमा अन्तर्राष्ट्रिय चलखेल भएको पार्टीको धारणालाई फेरि अनुमोदन गरेको सन्देश दिएका छन् । के माओवादी फेरि वर्तमान अवस्थाको जिम्मेवारी अन्यत्रै तोक्ने रणनीतिमा त छैन ? राजा ज्ञानेन्द्रले के माओवादीसँगको वार्तामा गम्भीरता नदेखाएका हुन् त ? माओवादीलाई राजनीतिक मूलधारमा ल्याउन भारतको सकारात्मक भूमिकाको अपेक्षा गर्दै असोज ४ (२०५९) को प्रयोगपछि दरबारका बफादार मानिएका लोकेन्द्रबहादुर चन्दलाई हटाई उनले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । चन्दको समयमा वार्ताको लागि रमेशनाथ पाण्डे र नारायणसिंह पुनलाई खटाए भने थापाकालमा प्रकाशचन्द्र लोहनी र कमल थापालाई त्यो जिम्मेवारी दिइयो । कमल थापाले पत्रकारहरूसँगको खुला छलफलमा राजा ज्ञानेन्द्र संविधानसभासम्मको मागमा पनि लचिलै रहेको जानकारी दिएका थिए । दोरम्बा घटना नै हापुरेबाट माओवादी जंगल पस्नुको कारण थियो या अरू केही तत्काल स्पष्टसँग भन्न सकिन्न । तर गिरिजाप्रसाद कोइरालाको राजीनामालगत्तै वार्ताका पक्षधर शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेपछि वार्ताको स्थिति बन्ने सम्भावना बढेको बेला माओवादीले बझाङ हत्याकाण्ड रचेको थियो असोज काण्डपछि मात्र राजाका हातमा शासन आएको थियो, यद्यपि प्रधानमन्त्रीको व्यवस्था थियो त्यसमा ।

त्यस्तै वार्ताको प्रसंगलाई विचलित गर्दै माओवादीले देउवाकै कार्यकालमा दाङमा सेना ब्यारेकमाथि आक्रमण पनि गरेको थियो । राजा वीरेन्द्र र पछि ज्ञानेन्द्र दुवैले माओवादी नेपाली नै भएकाले उनीहरूविरुद्ध सेना परिचालन गर्न नहुने अडान राख्दै आए पनि दाङ आक्रमणपछि सम्भवतः वीरेन्द्र र ज्ञानेन्द्र दुवै पराजित रूपमा चित्रित हुन पुगे । सम्भवतः मध्यस्थता गर्न तम्सिएका बाह्य शक्तिहरूको लागि माओवादीको सामथ्र्यबारे आश्वस्त हुन योभन्दा गतिलो अर्को प्रमाण उपलब्ध हुने सम्भावना थिएन । ज्ञानेन्द्र माघ १९ को कदमबाट आलोचित बने । माओवादीले उनकै ‘नोकर’ भन्दै आएका दलहरू र माओवादीसँग बराबरको दूरी अपनाए उनले । प्रचलित संविधानले राजालाई अभिभावकीय भूमिकामा राखी सत्तालाई राम्रो काममा प्रोत्साहित र नराम्रोमा चेतावनी दिने दायित्व सुम्पिए पनि सत्ता नै हातमा लिन बाटो नखोलेको मान्नेहरू धेरै थिए । उनी स्वयंले माघ १९ गतेको कदम उचित नभएको स्वीकार गरिसकेका छन् । पुस्तक लोकार्पण कार्यक्रममा दाहालले आफ्नो आन्दोलन र शान्ति प्रक्रियाको सम्बन्ध नेपाली माटो र हितसँग प्रगाढ रूपमा रहेको दाबी गरे पनि आगामी दिनमा त्यसले बढी विवाद र चर्चा कमाउनेछ । स्पष्टीकरण मागिनेछ । राजा ज्ञानेन्द्रले असंवैधानिक र षड्यन्त्रपूर्ण तरिकाले राजसंस्था हटाइँदा पनि त्यसलाई सम्मान मात्र गरेनन्, नेपाली माटा पनि छोडेनन् । नेपालीहरूले दिएको हैसियतमा नेपालमै बस्ने घोषणासँगै नेपाली जनताको नासो ‘ श्रीपेच र राजदण्ड’ उनीहरूकै सुरक्षित अभिभावकत्वमा सुम्पिए । यसमा उनले कुनै स्पष्टीकरण दिनुपरेन र पर्दैन किनकि त्यहाँ उनको कर्ममा राजसंस्थाको प्रतिनिधिका रूपमा मुलुकप्रतिको दायित्व प्रतिबिम्बित छ । तर दाहालको हालैको अभिव्यक्तिपछि प्रक्रियामा संलग्न धेरैले जबाफ दिनुपर्ने देखिन्छ ।

पुस्तक लोकार्पण कार्यक्रममा दाहालले आफ्नो आन्दोलन र शान्ति प्रक्रियाको सम्बन्ध नेपाली माटो र हितसँग प्रगाढ रूपमा रहेको दाबी गरे पनि आगामी दिनमा त्यसले बढी विवाद र चर्चा कमाउनेछ । स्पष्टीकरण मागिनेछ । राजा ज्ञानेन्द्रले असंवैधानिक र षड्यन्त्रपूर्ण तरिकाले राजसंस्था हटाइँदा पनि त्यसलाई सम्मान मात्र गरेनन्, नेपाली माटा पनि छोडेनन् । नेपालीहरूले दिएको हैसियतमा नेपालमै बस्ने घोषणासँगै नेपाली जनताको नासो ‘ श्रीपेच र राजदण्ड’ उनीहरूकै सुरक्षित अभिभावकत्वमा सुम्पिए । यसमा उनले कुनै स्पष्टीकरण दिनुपरेन र पर्दैन किनकि त्यहाँ उनको कर्ममा राजसंस्थाको प्रतिनिधिका रूपमा मुलुकप्रतिको दायित्व प्रतिबिम्बित छ । तर दाहालको हालैको अभिव्यक्तिपछि प्रक्रियामा संलग्न धेरैले जबाफ दिनुपर्ने देखिन्छ ।

-लेखक- युबराज घिमिरे ।स्रोत – अन्नपुर्णपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *