Best Online News From Nepal

जेठ पहिलो साता माओवादी एकता हुने

विभिन्न समयमा विभाजित चार माओवादी घटकबीच जेठको पहिलो साताभित्रै पार्टी एकताको घोषणा गर्ने अन्तिम तयारी भएको छ । एमाओवादी, नेकपा क्रान्तिकारी माओवादीभित्रको बहुमत पक्ष (बादल समूह), मात्रिका यादव नेतृत्वको नेकपा (माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकैपटक एकताको तयारी भएको हो । सो प्रक्रियामा कुनै माओवादी समूहमा नलागेका र निस्क्रिय बसेका जयपुरी घती, कुमार दाहाललगायत नेताहरुको पनि सहभागिता रहने भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केही नेताहरुले एकता प्रक्रियामा सहभागिता जनाउने नेताहरुको दाबी छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *