जि.सि.पा. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित पुरानो बजारमा रहेको रामचन्द्र श्रेष्ठको घरमा बिभिन्न ठाउँबाट मानिसहरु भेला जम्मा भई हारजित हुने गरी जुवा (तास) खेलिरहेको छ भन्ने प्राप्त सुचना अनुसार सो स्थानमा गई कानुन बमोजिम खानतलासी गर्दा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ बस्ने कुमार श्रेष्ठ, ऐ. ५ बस्ने ललित श्रेष्ठ, ईन्द्रमणी श्रेष्ठ, राजेश श्रेष्ठ, राजेन्द्र भक्त प्रधान, सोम बहादुर श्रेष्ठ, कृष्ण श्रेष्ठ र पदम बहादुर श्रेष्ठ समेतले खालमा पैसा राखि खेलिरहेको अवस्थामा फेला पारी खालमा राखेको नगद रु. २८,३७६।- (अठ्ठाईस हजार तिन सय छयहत्तर) बरामद गर्नुको साथै निजहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याई निर्वाचित जनप्रतिनिधी, स्थानीय भद्रभलाद्मीहरु समेतको उपस्थितिमा एक पटकको लागि सुध्रने मौका प्रदान गरी बरामद भएको उक्त रकम चौतारा सदरमुकाममा रहेको बृद्धाश्रम सेवा समितिलाई प्रदान गरिएको ।