Best Online News From Nepal

जित सुनिश्चित भएको भन्दै उम्मेदवारलाई टीका र  माला

 पर्बत/ चुनाव प्रचार अभियानमा गाउ पुगेका वाम गठबन्धनका साझा उम्मेदवारलाई कुश्मा नगरपालिका १२ ठुलीपोखरी र १४ आर्थरका नागरिकहरुले  यस पटक वाम गठबन्धनका साझा उम्मेदवारको  जीत सुनिश्चित भएको  भन्दै  अग्रीम विजयको  टीका लगाएर स्वागत गरेका छन् । बाम गठबन्धनको पकट क्षेत्र मानिने उक्त क्षेत्रका नागरीकहरुले जीत सुनिश्चित भएको  भन्दै  अग्रीम विजयको  टीका लगाएर स्वागत गरेका हुन ।

साझा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदम गिरी र प्रदेशसभा क्षे त्र नं. १ (क) मा नेत्र अधिकारी उम्मेदवार बन्नुभएको  छ । चुनावी अभियान लिएर त्यहा पुगेका उम्मेदवारहरु द्धय गिरी र अधिकारी  संविधानमा भएका अधिकार कार्यान्वयन गर्दै  किसानहरुको  पक्षमा काम गर्ने  बाचा गरेका छन् । प्रतिनिधिसभाका उम्मेदवार गिरीले  आर्थर र ठुलीपोखरीलाई कृषि हबको  रुपमा विकास गर्दै  किसानहरुलाई प्रविधिसग जोड्ने  कार्यक्रम ल्याउने  प्रतिबद्धता ब्यक्त गर्नुभयो  । ‘ यी क्षेत्र उर्वर भूमि हुन , यहाँ ब्यावसायिक खेतीको  सम्भावना छ’– उहाले  भन्नुभयो – ‘परम्परागत खेतीलाई विस्थापित गरेर वैज्ञानिकरुपमा कृषि क्षेत्रको  विकास गर्न जरुरी छ, त्यो  काम हामी गर्नेछौ ं ।’

त्यस्तै प्रदेशसभा क्षे त्र नं. १ (क) का उम्मेदबार नेत्र अधिकारीले पनि यस क्षेत्रका मदताताले गरेको मतदानको पक्षमा रहेर आफुले काम गर्न बताउनुभयो ।समानुपातिक उम्मेदवार बिजय गुरुङ र जुना नेपालि पनि सगै  चुनावी अभियानका क्रममा आयोजना गरिएका जनभेलामा सहभागी भएका थिए  । शनिवार मोदी गाउँपालिका को भुकमा चुनाबी कार्यक्रम सकेर निस्कीएको टोली आर्थर, खौला लाकुरी हुदै ठुलीपोखरी मा चुनावी सभा सम्पन्न गरेका हुन ।

Source newsdabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *