Best Online News From Nepal

जामुने मतदान केन्द्रमा बुथ कब्जा गरियो भन्ने हल्ला सत्य नभएको, नेविसंघ महामन्त्री कुन्दन काफ्लेको दाबि

दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गरियो भन्ने हल्ला सत्य नभएको, नेविसंघ महामन्त्री समेत रहेका कुन्दन काफ्ले बताएको छ।

केही अनलाइन खबरले काफ्ले बुथ कब्जा गर्यो भनेर नाम नै किटन गरेर, समाचार सम्प्रेषण गरेपछि काफ्ले उक्त समाचरको खण्डन गरेका छन। “बाम गठबन्धन बाट बुथमा केहि असुरक्षा हुने खबर पाएपछि हामी बुथ रक्षामा लागेका हौं।” उनले भने। तथ्य सत्य नै नबुझी यस्ता भ्रमपुर्ण समचार सम्प्रेषण नगर्न नगराउन समेत भनेका छन्

निर्वाचन केन्द्रमा सामान्य विवाद भएको र काफ्लेको नेतृत्वमा,बुथ नै कब्जा गर्ने खालका कुनैपनि गतिविधि नभएको मतदान केन्द्र अधिकारी शङ्करबाबु क्षेत्रीले बताए।

बिगतमा केही तनाव देखिएपनि यसपटक दोलखा जिल्ला भरिनै शान्तिपूर्ण बाताबरणमा चुनाव भईरहेको प्रमुख जिल्ला अधिकार लक्ष्मण बिक्रम थापाले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *