Best Online News From Nepal

जसले आफू मरेर अरुलाई बचाए, सन्दर्भ : काष्टमण्डप विमान दुर्घटना

दुर्गम पहाडी जिल्लामा उडान गर्ने काष्टमाण्डप एयरलाइन्सको विमानको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमान चालक दिनेश न्यौपाने र सहचालक सन्तोष राणा रहेका छन् । विमानका सहचालकको घटनास्थलमै मृत्यु भएको थियो भने विमानका क्याप्टेनको उपचारको क्रममा निधन भएको थियो ।

 

नेपालगञ्जबाट जुम्ला जाँदै गरेको विमान कालीकोट जिल्लामा दुर्घटना भएको हो । मध्यान्ह १२ बजेर १६ मिनेटमा उडेको नाइनएनएजेवि विमान १२ वजेर २७ मिनेट जाँदा सम्पर्कबाट बाहिरिएको थियो । विमानमा प्राविधिक खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखाया गाविस २ मा भएको दुर्घटना भएको थियो । अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिन पुग्दा विमानको अगाडि रहेका चालक तथा सहचालकको मृत्यु भयो । यद्यपि, एउटा पनि यात्रुको ज्यान गएन । चालक न्यौपानेले अन्यन्त कठिनाईका बाबजुद पनि यात्रुहरुलाई बचाए ।

 

चालक दलसहित विमानमा ११ जना सवार थिए । सबै यात्रुहरु घाइते भएको उनीहरुलाई उपचारका क्रममा नेमालगञ्ज मेडिकल कलेजमा लगिएको छ । घाइते हुनेहरुमा ३५ वर्षीय गणेश भट्टचन, ३५ वर्षीय मेघराज गिरी, २५ वर्षीय जगदम्बा खत्री, १६ वर्षीया सोनाली भट्टचन, ३० वर्षीयालक्ष्मी सुनार, गोविन्द भण्डारी, ३४ वर्षीय लक्ष्मण खड्का, ३१ वर्षीय धनन्जय खत्री र खत्री थरकी एक बालिका रहेका छन् ।
साहसी क्याप्टेन

dinesh neupaneकालिकोटका चिल्खाया गाविस वडा नम्बर–३ स्थित गहुँबारीमा विमान अवतरण गर्नुअघी काष्टमाण्डप एयरका क्याप्टेन दिनेश न्यौपानेले यात्रुहरुलाई नआत्तिन आग्रह गरेका थिए । यात्रुहरुलाई सचेत गराएको केही बेरमै विमान अवतरण गराइएको घाइतेहरुले बताएका छन् ।

 

क्याप्टेन दिनेश न्यौपाने नेपालगञ्जको धम्बुजे बस्दै आएका थिए । त्यस्तै को–पाइलट सन्तोष राना राजधानीको शुकेधारा बस्दै आएका थिए । क्याप्टेन निरौलाले राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स र नेकोन एयरमा काम गर्दा नेपालगंज–जुम्लाको रुटमा विमान उडाएका थिए । निरौलाले ०५४ सालमा नेकोन एयरको ४८ जना सवार जाहाजलाइ काठमाडौँ एयरपोर्टमा गराएको फोर्सल्याण्डीइंग चर्चित घटनाका रुपमा लिइन्छ ।

 

विमान दुर्घटनामा मृत्यु भएका सहचालक सन्तोष एमाले नेता तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाका छोरा हुन् । रानाका कान्छा छोरा सन्तोष गत वैशाखदेखि सो एयरमा कार्यरत थिए । सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए । रानाका जेठा छोरा भने ब्रिटिस लाहुरेमा कार्यरत छन् ।

 

यसअघि, गत बुधबार म्याग्दी जिल्लामा तारा एयरलाईन्सको विमान दुर्घटनामा २३ जनाको ज्यान गएको थियो ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *