जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति (The Root and Locus Movement) को कार्यकारी बैठक आज मिति २०७४ असार २४ गते शनिवार काठमाडौँ बागबजारमा सम्पन्न भयो । मौलिक रैथाने शक्तिको महाअभियानमा विभागीय संयोजकहरुलाई मुख्य कार्यकारी अधिकार रहने पद्धति छ । आज सम्पन्न कार्यकारी बैठकमा विविध विभागका संयोजक र उपसंयोजकका साथसाथै केही अग्रणी कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । बैठकले आगामी संकल्प दिवस (दशैँको घटस्थापना) र स्थापना दिवस (वसन्तपञ्चमी) को समयसीमा राखेर “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” को आवधिक कार्यदिशा, कार्यनीति एवं कार्यभार तय गरेको छ ।