Best Online News From Nepal

जरोकिलो महाअभियानको संकल्प दिवस २०७५

तीन वर्ष पहिले, आजकै तिथिमा, विधिपूर्वक संकल्प लिई सार्वजनिक आह्वान गरिएको जरो किलो महाअभियानको संकल्प दिवस आज नेपालमा मेचीदेखि महाकालीसम्म अनेकौँ स्थानमा एवं संसारका अनेक देशहरुमा समेत मनाइँदै छ ।


तत्कालीन लक्ष्य: विधमान संक्रमणकालको ब्यवस्थापन गर्ने|
मध्यकालीन लक्ष्य: नेपाल लाई बिकसित भनिएका देशको समकक्षी तुल्याउने|दीर्घकालीन लक्ष्य: नेपाल लाई ज्ञानको वैश्विक केन्द्र तुल्याउने|विधि : विशिष्ट नेतृत्व, सामुहिक कर्तित्व र संस्थागत स्वामित्व
आधारशिला चतुष्टय: विज्ञानको बुद्धि ! प्रविधिको प्रगती !! धर्मको विवेक ! सहृदयताको सम्बन्ध !!

मात्रात्मक र गुणात्मक दुवैथरी उपलब्धिसँगै हाम्रो जिम्मेवारी पनि बढेको छ । आउँदो समयमा हाम्रो कर्तव्यको विस्तार निकै तीव्र गतिमा हुनेछ । उपर्युक्त विस्तारका लागि स्वक्रियात्मक पद्धतिबाट अगाडि बढ्नका लागि साधनाको दिव्य अवसर यो संकल्प दिवसले दिएको छ । जरो किलो महाअभियान एक बृहत्तर परिवार हो । हाम्रा सबै सहृदयजनको दिव्य कर्मको कारणले कम समयमै जरो किलो महाअभियान ठूलो जनसमुदायको आशिर्वादको पात्र एवं आशा, अपेक्षा, विश्वासको केन्द्र बनेको छ । सोही आशा, अपेक्षा, विश्वासलाई सम्बोधन गर्न सक्षम हुन कृतसंकल्पित हुँदै हामी संकल्प दिवस मनाउँदैछौँ । सहृदयता दर्शनका आलोकमा एक युगान्तकारी एवं युगप्रवर्तनकारी महाअभियानमा हामी अघि बढेका छौँ । आधारशिला चतुष्टय, सहृदयता अर्थतन्त्र, राज्यराष्ट्र सिद्धान्त लगायत अभिनिर्माण गरी स्वदेश र सारा विश्वमा नै पुनर्जागरणको संवाहक बनेर हामी कर्मरत रहेका छौँ । हामी सर्वे भवन्तु सुखिनः भन्ने आदर्शलाई व्यवहारतः लागू गर्ने वैज्ञानिक सत्ययुगको लक्ष्यमा कृतसंकल्पित छौँ ।