Best Online News From Nepal

जनजाति र दलित बस्तिहरुमा क्रिचियन मेसिनरीको आतङ्क किन मौन छ सरकार?

Durgesh Ghale—-

इतिहाँसले प्रमाणित गरेको छ : सबै भन्दा पहिला लोप हुने हार्नेहरु हो । सङ्घर्ष गर्न नसक्नेहरु सबै भन्दा पहिला हार्छन । हार्नेहरु पुर्खाले बनाइदिएको इतिहाँस पनि मेटाउँछन भने जित्नेहरुले युगौं युगको लागि इतिहाँस निर्माण गर्दछन ।

मानिसहरुले हल्ला गर्दछन : “नेपालमा धर्म परिबर्तन भएको हिन्दु धर्ममा भएको जातीय विभेदले हो, जातीय छुवाछुतको विभेद नै धर्म परिबर्तनको मुख्य कारक हो ।” यसमा आंशिक होइन कि अलिकति सत्यता छ, छुवाछुतको भेदभावकै कारणले गर्दा केहि नगन्य दलित भनेर भनिने जातिहरु धर्म परिबर्तन गरेर इशाई भएका छन (भलै क्रिश्चियनमा पनि छुवाछुतको भेदभाव अहिले पनि छ किन कि कुनै दलित क्रिश्चियनलाई उपल्ला जातको हुँ भन्ने क्रिश्चियनले छोरी बिवाह गरेर दिंदैन र भरसक घर भित्र पस्ने गरेर निम्ता पनि गर्दैन) ।

घटनाहरुले प्रमाणित गरिसकेका छन : धर्म परिबर्तन मुख्यत छुवाछुतकै भेदभावले गर्दा मात्र भएको होइन यदि यसो हुँदो हो त छुवाछुतको भेदभाव नभएको धर्म संस्कृतिका जाति बुद्धिस्ट तामांग र किराँत राई-लिम्बुहरु क्रिश्चियन बन्ने थिएनन । नेपालमा सबै भन्दा बढी धर्म परिबर्तन गरेर क्रिश्चियन बन्ने जनजाति छन र क्रिश्चियन मिसिनरीले पनि जनजातिलाई नै लक्ष बनाएर आफ्नो सञ्जाल प्रयोग गरिरहेको छ । धर्म परिबर्तनमा भएको जातीय प्रतिबेदनले प्रमाणित गर्दछ कि धर्म परिबर्तन छुवाछुतको भेदभावले होइन बरु अशिक्षा बेरोजगारी र गरिबीले हो अनि समाजका ठुलाबडाले आफ्नो समाजमा खेल्नु पर्ने सकारात्मक भूमिका नखेल्नुले हो, मानिसले सङ्घर्ष गर्न नसक्नुले हो र आफ्नो स्वबिबेक प्रयोग गर्न नसक्नुले हो । जसले स्वविवेक प्रयोग गर्दछ, ऊ त जातीय विभेद सहेर पनि जातीय विभेदको बिरुद्ध सङ्घर्षको मैदानबाटै इशाई मिसिनरीको पनि जाळ च्यात्दै छ । छुवाछुतको बिरुद्ध हामि सँगै हातेमालो गर्दै चेतना जगाउँदै छ, पुर्खा देखिको चलन दशैंमा निधारमा टिका र जमरा लाएर र तिहारमा हामि सँगै देउसी र भैलो खेल्दै छ ।